०९ बैषाख २०७९
सल्यानका १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी को क्रममा जिल्लाका सम्पुर्ण स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिएको हो ।जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिए संगै जिल्लाका १० वटै स्थानीय तहको केन्द्रमा निर्वाचन कार्यालयको उद्घाटन गरिएको जिल्ला न्यायाधीश कुल प्रशाद पाण्डेले बताएका छन् ।
बिहिवार निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै जिल्ला न्यायाधीश कुल प्रशाद पाण्डेले स्थानीय तहको निर्वाचनलाई ब्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्नको लागि आफुहरु लागि परेको बताए ।समग्र जिल्लाको निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको न्यायाधीश पाण्डेले बताएका हुन ।।
यस्तै स्थानीय निर्वाचनकै बिषयमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको बताएका छन् ।मतदान स्थललाई दृष्टिगरी सुरक्षा व्यवस्थालाई भरपर्दो र मजबुत बनाउन आफुहरु लागि परेको भन्दै, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने आचार्यले बताएका हुन ।निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।
बिहीबारनै जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले जानकारी दिएका छन् ।