आगामी स्थानीय निर्वाचनमा दलित वडा अध्यक्षको माग

०६ बैशाख २०७९

नेपाल दलित मुक्ति मोर्चा बागचौर नगर कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ ।

बैठकले आगामी बैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचनमा बागचौर नगरपालिकाको कुनै एक वडामा वडा अध्यक्षको लागि दलित समुदाय लाई प्रतिनिधित्व गराउन पार्टीलाई अनुरोध गरेको छ ।

नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा बागचौर नगर कमिटीको बैठकले उक्त मागको पार्टीले व्यवस्था गरेको खण्डमा दलित समुदायको बाहुल्यता र योगदानको आधारमा बागचौरको कुनै एक वडामा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएको छ ।

जनयुद्ध देखि हाल सम्म पनि पार्टीका विभिन्न मोर्चामा रहेर दलित समुदायले सकारात्मक भुमिका खेल्दै आएको भन्दै आफू हरुले उक्त निर्णय गरेको नेपाल दलित मुक्ति मोर्चा बागचौर नगरकमिटीका इन्चार्ज लालबहादुर बिकले बताएका छन् ।उनले पार्टी र जनताको हितको लागि दलित समुदायलाई अगाडि बढाउन सबैको हित हुने बताए ।

नेपाल दलित मुक्ति मोर्चा बागचौरका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस