रेडियो मध्यपहाडको पाचौं बार्षिक उत्सव सम्पन्न

१ बैशाख/बिमला बस्नेत

रेडियो मध्यपहाडको पाँचौ बार्षिक उत्सव भिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

जिल्लाको बागचौर नगरपालिका २ बागचौर बजारमा स्टेसन रहेको रेडियो मध्यपहाडको बार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जिल्ला का संचार माध्यमको बिकासको लागि सरोकारवाला निकायहरुले पहलकदमी चाल्नु पर्ने बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बागचौर नगर सरकार र जिल्लाका संचार माध्यामको सूचना आदानप्रदानमा समधुर सम्बन्ध रहेको बताएका हुन।उनले आफ्नो नगरपालिकामा रहेको रेडियोको स्तर वृद्धि गर्नमा नगरपालिकाले अहाम भुमिका खेलेको बताउदै स्वच्छ निष्पक्ष र प्रभावकारी पत्रकारीता गर्न आग्रह गरेका हुन ।     कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सल्यानका सचीव टिकाराम भण्डारी ( दिपसागर) ले जिल्लाको पत्रकारीता स्वच्छ निष्पक्ष हुँदा हुँदै पनि संचार माध्यामको अवस्थामा समस्या बढ्दै गएको बताए ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका भण्डारीले सञ्चार माध्यमको उन्नती संगै पत्रकारीतालाई निष्पक्ष गराउनको लागि सबैले अहम् भुमिका खेल्नु पर्ने बताए । भण्डारीले पछिल्लो समयमा सल्यानको पत्रकारीता नयाँ आएम थपिदै गएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य तिलक मल्ल,नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह महा मन्त्री एक राज डाँगी,नेपाल कम्युनिस्ट पार्टी समाजवादीका बागचौर नगरकमीटी इन्चार्ज ज्ञानेश्वर केसी,नेपाल कम्युनिस्ट पार्टी माओवादी जिल्ला समन्वय समिती सदस्य हरिलाल डिसी( दोभान ) जनकल्याण नमुना माध्यामिक बिधालयका प्रधानाध्यापक डाक्टर पुर्ण बहादुर भण्डारी,रेडियोका संस्थापक अध्यक्ष जनक राज गौतम,कोषाध्यक्ष दिपेश डिसी,प्रेस चौतारी सल्यानका अध्यक्ष प्रकाश भण्डारी लगाएतले शुभकामना मन्तव्य राखेका थिय ।

कार्यक्रममा लोकदोहरी गाएक गोपाल नेपाल जिएम,भुमिका गीरी,रमेश डाँगी,राधिका डाँगी,शेर बहादुर डाँगी लगाएतको प्रस्तुत रहेको थियो ।भने कार्यक्रममा रेडियो लाई साथ सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

रेडियो मध्य पहाडका स्टेसन म्यानेजर लोकमान चन्दको अध्यक्षता,रेडियोका कोषाध्यक्ष कल्पना शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन पत्रकार कमल डाँगी र चुडामणि पिएमले  गरेका हुन ।

प्रतिक्रिया दिनुहोस