सल्यानमा एक महिला ३ वर्षको बच्चा र श्रीमान छोडेर सम्पर्क विहिन, फेला पारेमा खबर गरिदिन परिवारको आग्रह

सल्यानमा एक महिला आफ्नो ३ वर्षको बच्चा र श्रीमानलाई छोडेर २ दिन देखि सम्पर्क विहिन भएकी छन ।
जिल्लाको शारदा नगरपालिका १५ स्यालपानी निवासी २३ वर्षकी काली वादी हिजो मंगलबार दिउसोदेखि सम्पर्क विहिन भएकी हुन ।
मंगलवार दिउसो दाउरा लिन जंगल जान्छु भनेर निस्किएपछि अहिले सम्म सम्पर्कमा नआएको उनका श्रीमान गोपाल वादीले बताए ।
खरानी रंगको कुर्ता र स्वीटर लगाएर घरबाट निस्किएकी काली वादीलाई जोकोहीले देखेमा नजिकको प्रहरी चौकी या मोवाइल नम्बर ९८४७८७२३७९ र  ९८१०९२२५५६ मा सम्पर्क गरिदिन उनका बुवा सुरेश नेपालीले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस