सल्यानको बागचौर नगरपालिकाले जेष्ठ नागरिक लाई गर्‍यो रेडियो बितरण

२५ चैत / बिमला बस्नेत

सल्यानको बागचौर नगरपालिकाले नगरपालिका भित्रका ७२ बर्ष माथीका जेष्ठ नागरिकलाई रेडियो बितरण गरेको छ ।


छिटो छरितो र प्रभावकारी ढंगले सूचनाको पहुँच गाउँ बस्तीमा पुर्‍याउनको लागि रेडियो बितरण गरिएको बागचौर नगरपालिकाले जनाएको छ् ।बिहिवार वडा नं.८ का करिब ६० जना भन्दा बढी जेष्ठ नागरिकलाई रेडियो बितरण गर्दै नगरप्रमुख बुढाथोकीले पछिल्लो परिवेशमा विभिन्न प्रकारका संचारका माध्यम भित्रीय पनि रेडियोको महत्व छुट्टै रहेको बताए ।छिटो छरितो रुपले निकट देखि बिकट सम्म सुचना समाचार प्रवाह गर्नको लागि रेडियो उत्तम संचार माध्याम रहेको बताए ।बुढाथोकीले यो कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहले लागू गरे जिल्लाका रेडियो एफएम सञ्चार माध्यामको समेत पहुँच गाउँ समाजमा पुग्ने बताएका हुन ।

बुढाथोकीले बिहिवार नगरपालिका भित्र भिभिन्न कार्यक्रमको उद्घाटन तथा समापन गरेका थिय ।बागचौर नगरपालिकामा भएको पत्रकार सम्बन्धि तीन दिने अभिमुखी करण तालीमको समापन,कोटरा स्वास्थ्य चौकी भवन उद्घाटन, बागचौरमा बिधुत महसुल काउन्टर उद्घाटन समेत गरेका हुन ।यस्तै उनले घुईयाली बोट- भरारे सिचाइ कुलो अनुगमन, शारदा खोला खत्रीगाउँ लिफ्ट खानेपानी उद्घाटन, अवकाश महिला स्वास्थ्य स्वयंसेवीका बिदाई तथा बागचौर नगरपालिका वडा नं. ८ र ९ का सुनौलो हजार दिने आमाहरुलाई पौष्टिक आहार ( सर्वोत्तम ) कोशेली बितरण, बागचौर नगरपालिका वडा नं. ८ मा रहेको कालिका मावि तथा अन्य विद्यालयका जेहेन्दार विद्यार्थीलाई सम्मान स्वरुप मेयरसँग उज्यालो कार्यक्रम अन्तर्गत सोलार टुकी वितरण,बागचौर नगरपालिका वडा नं. ८ को तिल्चामा विद्युत उद्घाटन कार्यक्रम सम्पन्न गरेका हुन ।

फरक फरक स्थानमा भएका फरकफरक कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले बागचौर नगरपालिकाको समृद्धिका लागि आफू निरन्तर जनताकै काममा तल्लीन रहेको बताएका छन् ।उनले स्थानीय तहले दिने सेवा सुबिधालाई प्रभावकारी ढंग बाट जनता माझ पुर्‍याउने अभियानमा आफू लागेको बताए ।कार्यक्रममा बोल्दै बुढाथोकीले संघीयता पछि जनताले न्यायपुर्ण ढंगले बिकास निर्माणमा बजेट प्राप्त गर्दै आएको बताए ।उनले राजनीती आग्रह पुर्वाग्रहले सरकारको बिरोध गर्ने प्रवृत्तिले अन्त त जनताकै बिकासमा असर पुग्ने बताए ।

विभिन्न ठाउँमा भएका कार्यक्रममा बागचौर नगरपालिका वडा नं.२ का कार्यवाहक वडा अध्यक्ष टोपबहादुर डाँगी,वडा नं.८ का वडा अध्यक्ष रोमु शाही,वडा नं.७ का वडा अध्यक्ष शेर बहादुर घर्ती लगाएत वडा सदस्य,राजनीतिक पार्टीका प्रतिनिधि,शिक्षक बिद्यार्थी लगाएत सर्वसाधारणको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस