राष्ट्रिय भुमी आयोग सल्यानको कार्यालय स्थापना

२३ चैत / रमिला मैनाली

नेपाली काङ्ग्रेसका नेता वीर बहादुर सेजुवाल राष्ट्रिय भुमी आयोग सल्यानको अध्यक्ष भए संगै भुमी आयोगको कार्यालय स्थापना गरिएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालय स्थापना गरिएको हो ।मंगलवार भूमि आयोगको जिल्ला कार्यालयको स्थापना गर्दै जिल्ला अध्यक्ष सेजवालले सरकारको नीति नियम र कानूनको अधिनमा रही सल्यानका भूमिहीन सुकुम्वासीको व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । आयोगले जिल्लामा रहेका निमुखा, गरीब र भूमिहीन परिवारलाई बिना भेदभाव कानूनका आधारमा भूमिको व्यवस्था गराइने उनिले बताएका छन् ।

अध्यक्ष सेजुवालले जिल्लाको कालिमाटी क्षेत्रमा भूमिहीनको समस्या धेरै रहेको र राप्ती लोकमार्ग क्षेत्रमा अव्यवस्थित बसोबासको समस्या रहेको उहाँले बताउदै,यसअघिको आयोगको जिल्ला समितीले गरेका कामहरुलाई समावेश गरेर गर्न बाँकी कामहरुलाई आफुहरुले सम्पन्न गर्ने बताएका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले जिल्लाका बिभिन्न पालिकाहरुमा भूमि सम्बन्धि समस्या भएका धेरै नागरिकहरु भएकाले उनीहरुले महसुस गर्ने गरी जिल्ला कार्यालयले काम गर्नुपर्ने बताएका छन् ।उनिले वास्तविक भुमिको समस्या भएकाले राहत पाउनु पर्ने बताएका छन् ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले भूमि सम्बन्धि समस्या समाधानको लागि जिल्लाका सबै पालिकाहरुसँग समन्वय गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।उनले यसअघि जिल्लाको कालिमाटी गाउँपालिका, त्रिबेणी गाउँपालिका लगाएतकाले भूमिहिनहरुको लगत संकलनको काम शुरु गरेका बताए ।

राष्ट्रिय भुमी आयोग जिल्ला समितिमा १ अध्यक्ष एक बिज्ञ सदस्य र दुई जना सदस्य पनि मनोनित हुने प्रावधान अनुसार सेजुवाल जिल्ला अध्यक्ष भएका हुन ।नापी कार्यालय सल्यानका नापी अधिकृत गोबिन्द उपाध्यायको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नापी कार्यालयका लेखापाल महेन्द्र बस्नेतले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस