सल्यानमा जिप दुर्घटना हुँदा सह चालकको मृत्यु

२२ चैत                                                                  सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नं.१ श्रीनगरमा भएको बोलेको जिप दुर्घटनामा परि सोही वडा दारिमचौर निवासी १८ बर्षिय नारायण वलीको ज्यान गएको इलाका प्रहरी कार्यालय श्रीनगर सल्यानले जनाएको छ ।

शारदा नगरपालिका १ दारिमचौर बाट श्रीनगर तर्फ जादै गरेको भे १ ज ३३६ नम्बरको बोलेरो जिप मंगलवार बिहान ६ बजे दुर्घटना पर्दा जिपका सह चालक वलीको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिप चालक २१ बर्षिय थल राज वली सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाम उद्वारको लागी इलाका प्रहरी कार्यालय श्रीनगर बाट प्रहरी नायब निरीक्षक याम बहादुर बस्नेतको नेतित्त्वमा प्रहरी पुगेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेल लगाएतको टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस