संघियता पछिको ५ बर्ष नामक पुस्तक बिमोचन

२२ चैत रमिला मैनाली

सल्यानको त्रिवेणी गाउँपालिकाले संघियता पछिको ५ वर्ष नामक पुस्तक विमोचन गरेको छ ।

पुस्तक बिमोचन कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले,संघियता लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्वरुप अनुसार स्थानीय सरकारको पहिलो चरणमा,त्रिवेणी गाउँपालिकाले हालसम्म गरेको कार्य सम्पादनको प्रगति उक्त पुस्तकमा समावेश गरेको बताएका छन् ।

संघिय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको पहिलो स्थानीय सरकार भएकाले त्रिवेणी गाउँपालिकामा शून्य अवस्थाबाट काम गरिएको कुरा बताउदै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन, सरसफाइ, यातायात तथा पूर्वाधार क्षेत्रको बिकासमा सोचे भन्दा बढी काम गरेको जानकारी दिएका छन् ।गाउँपालिका अध्यक्ष डाँगीले सेवाको वरिपरि जनता होइन, जनताको वरिपरि सेवाको अवधारण अनुसार आफुहरुले गाउँपालिकामा काम गर्दै आएको र सामाजिक विकास लाई सबैभन्दा बढी प्राथमिकता दिएको बताएका छन् ।

 

उक्त पुस्तकमा सामाजिक, पूर्वाधार, आर्थिक, सांस्कृतिक, पर्यटन, सुशासन लगायत पाँच बर्ष सम्म त्रिवेणी गाउँपालिकाले गरेका प्रगति बिवरण समावेश गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसुनधारा पुनले बताए ।

त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षता भएको कार्यक्रममा गाउपालिका उप–उपाध्यक्ष करूण खड्का ,प्रमुख प्रशासकिय अधिकृत वसुन्धरा पुन,सम्पुर्ण वडाका अध्यक्ष र विभिन्न पार्टिका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गाउँपालिका उपाध्यक्ष करूणा खड्काको स्वागत मन्तव्य बाट सुरूभएको कार्यक्रममा विभिन्न ब्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजिकरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस