शिद्व कुमाख १ का जेष्ठ नागरिक र अपांग ब्यक्तिहरुलाई बलाङकेट बितरण

२१ चैत / रमिला मैनाली

सल्यानको शिद्व कुमाख गाउँपालिकाले जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मानका साथ बलाङकेट बितरण गरेको छ ।


गाउँपालिका अन्तर्गत वडा नं.१ मा रहेका ९२ जना जेष्ठ नागरिक र १८ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मानका साथ बलाङकेट बितरण गरिएको हो ।

आइतबार शिद्व कुमाख गाउँपालिका वडा नं.१ को वडा कार्यालयमा भएको उक्त कार्यक्रममा बोल्दै शिद्वकुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले स्थानीय सरकारले जेष्ठ नागरिक र अपांग ब्यक्तिहरुलाई सम्मानका साथ उनिहरुको रेखदेख गर्नु पर्ने दायित्व गाउँपालिकाको भएको बताएका छन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चलाउनेले शिद्व कुमाख गाउँपालिकाले समग्र बिकास लगाएत लक्षित बर्गका कार्यक्रम हरुलाई निरन्तरता दिदै आएको बताए ।

कार्यक्रममा बोल्दै शिद्व कुमाख गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बोहराले गाउँपालिका भित्रका समग्र नागरिकले पाउनु पर्ने सेवा सुबिधा सहज तरिकाले गाउँपालिका प्रदान गर्दै आइरहेको बताइन् ।उनले समाज परिवर्तनको लागि आफुहरु निरन्तर जनताकै काममा खटिरहेको बताएकी हुन ।

यस्तै शिद्व कुमाख गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राम बहादुर बस्नेतले स्थानीय सरकारले दिने सम्पुर्ण सेवा सुबिधा वडा बासी र लक्षित समुदाय लाई आफुहरु निर्वाचित भए यता निरन्तर रुपमा दिदै आएको बताए ।उनले आफुहरु जननिर्वाचित जनप्रतिनिधि भएयता १ नम्बर वडाका जनता र त्यहाँको आवश्यकता अनुसारका बिकास निर्माणका काम गरिरहेको बताएका हुन ।कार्यक्रममा वडा नं.१ का जेष्ठ नागरिक र अपांग ब्यक्तिहरुलाई एक एक थान बलाङकेट बितरण गरिएको थियो ।

शिद्व कुमाख गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष राम बहादुर बस्नेतको सभाअध्यक्षता,वडा सचीव चन्द्रा देवकोटा ( बुढाथोकी ) को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका कार्यालय शिद्व कुमाखकी बिमला केसीले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस