२० चैत/ बिमला बस्नेत
सल्यानको बागचौर नगरपालिकामा एक हजार दिनका आमाहरू लाई पौस्टिक आहार बितरण गरिएको छ ।
नगरको वडा नं.७ का १ सय ८२ जना आमाहरूलाई पौष्टिक आहार बितरण गरिएको हो ।
पौष्टिक आहार बितरण गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले एक हजार दिनका आमा र बच्चाको स्वास्थ्य लाई तन्दुरुस्त गराउनको लागि पौस्टिक आहार आवश्यकता हुने बताएका छन् ।कोटवारा स्वास्थ्य चौकीमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले उक्त पौष्टिक आहारलाई मिलाएर खाना एक हजार दिनका आमाहरू लाई आग्रह गरेका हुन ।
बागचौर नगरपालिकाको आर्थिक सहयोग र सु आहरा कार्यक्रमको सहकार्यमा वडा नं.७ का १ सय ८२ जना एक हजार दिनका आमाहरूलाई ४ सय ४६ पाकेट पौस्टिक आहार ( सर्वोत्तम ) पिठो बितरण गरिएको स्वास्थ्य चौकी कोटवाराका प्रमुख धनु पुनले जानकारी दिएका छन् ।