कुमाख गाउँपालिका १ टाट्केचौर डाडागाउँमा प्रसुती सेवा केन्द्र उद्घाटन

१९ चैत /बिमला बस्नेत                                           सल्यानको कुमाख गाउँपालिका वडा नं.१ टाट्केचौर ( डाडागाँउ)मा प्रसुती सेवा केन्द्र संचालनमा ल्याइएको छ ।

शुक्रबार उक्त सेवा केन्द्रको उद्घाटन गर्दै कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर ( गीरी) ले संघिय लोकतान्त्रिक गणतन्त्रले अहिलेको बिकास संभावना भएको बताएकी छन् ।जनप्रतिनिधि जनताको साथमा रहनु र जनप्रतिनिधि लाई जनताले सहयोग गर्दै आएकाले बिकास निर्माण गर्न सहजता भएको बताइन् ।
राष्ट्रिय गाउपालिका महासंघकी केन्द्रीय कोषाध्यक्ष समेत रहेकी दिलमाया ( गिरी)ले सरकार भन्दा बाहिर रहेका राजनीतिक दल तथा उनका नेता कार्यकर्ताले बिरोध मात्र गर्ने परिपाटी बढ्दै गएकाले त्यस्तो नगर्न अनुरोध गरिन् ।गीरीले संघियता आए पश्चात् देशको बिकासले गति लिएको भन्दै,संघियता पहिलेको आफ्नो ठाउँ र संघिता पछिको ठाउँलाई मुल्यांकन गर्न आग्रह गरिन ।कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गीरीले कुमाखको टाट्केचौरमा प्रसुती सेवा केन्द्र स्थापना हुनुले उक्त क्षेत्रका जनतामाझ सहजता थपिने बताएकी हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै कुमाख गाउँपालीका स्वास्थ्यशाखा प्रमुख मानसिङ वलीले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेको बताएका छन् । जनताका आधारभुत आवस्यकता अनुसार गाउँपालिकाले प्रत्येक वडाका नागरिक लाई स्थानीय तह भएको प्रत्याभूति गराउनको लागी, स्वास्थ्य संस्थाहरु निर्माण संगै संचालनमा ल्याएको बताएका हुन ।वलीले स्थानीय सरकार निर्माण हुँदा पहिलो पटक कुमाखमा ५ वटा स्वास्थसंस्था भएकोमा अहिले ११ पुगेका उनको भौतिक पुर्वाधार समेत आधुनिक खाले भएको बताए ।गाउँपालिका भित्रका ६ वटा स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सुविधा प्रदान गरिएको,गर्भवती महिलाका लागि गाउँपालिकाले सुत्केरी हुन जाँदा निशुल्क वर्थिङ सेन्टरसम्म लिने व्यवस्था गरेको र सुत्केरी भत्तामा ५ सय थप गरिएको समेत बताए ।

गैह्र नेपाली आवासिय संघ (एनआरएनए)को २५ लाख सहयोगमा बनेको उक्त भवनका लागि चौरजहारी अस्पताल (HDRC) ले व्यवस्थापकिय सहयोग गरेको हो ।
उक्त केन्द्रका व्यवस्थापक विज्ञ सुरज दहालले NRNA ले विकट स्वास्थ सेवाबाट वञ्चित स्थान छनोट गर्ने क्रममा चौरजहारी मिसन अस्पताल HDRC को समन्वयमा सल्यान कुमाखको टाट्केचौरलाई छनौट गरेको बताए ।


कार्यक्रममा प्रस्तुति केन्द्रलाई जग्गा दिने दान दाताहरुलाई सम्मान गरिएको थियो । जस अनुसार स्थानीय सीता राणा र दले राणाले ५ रोपनी जग्गा प्रदान गरेका हुन् ।कुमाख गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिसन अस्पताल चौरजहारीका निर्देशक दिल बहादुर गिरी, डाक्टर कालेव बुढा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस