कुमाख गाउँपालिका ६ मा ४ कोठे स्वास्थ्य चौकी भवनको उद्घाटन

१६ चैत /बिमला बस्नेत

सल्यानको बडागाउँमा नव निर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ ।


भवनको उद्घाटन गर्दै कुमाख गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगर ( गीरी)ले गाउँपालीकाको बिकासमा थप पुर्वाधार थपिएको बताइन् । वडा नं.६ का जनतालाई स्वास्थ्य क्षेत्रको पहुँचमा राख्न उक्त भवन निर्माण गरिएको बताइन् ।कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी बुढामगर (गीरी)ले आफूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भए यता गाउँपालिका भित्रका सबै क्षेत्रमा क्रमिक रुपले बिकास गरिरहेको बताइन् ।स्वास्थ्यचौकी भवन निर्माण गर्नु र त्यसको उद्घाटन गर्नु मात्र ठूलो कुरो नभएकाले संरक्षण र जनतामुखी सेवा दिनु प्रमुख बिषय भएको बताउदै गीरीले त्यस तर्फ लाग्न सबैलाई अनुरोध गरेकी छन् ।


उद्घाटन सत्रमा बोल्दै कुमाख गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिङ वलीले गाउँपालिका सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताए ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका वलीले गाउँपालिकाका जनप्रतिनिधिको सक्रियताले आफुहरुलाई समेत जनतामाझ जाना सहज भएको बताएका हुन ।उनले बडागाउँमा रहेको स्वास्थ्य चौकी बाट ल्याव सहित अन्य स्वास्थ्य सेवा सुविधा दिने बताएका छन् ।

कुमाख गाउँपालिका वडा नं.६ बडागाउँमा कर्णाली प्रदेश सरकारको २५ लाख लागतमा निर्माण भएको ४ कोठे बडागाउ स्वास्थ्य चौकी भवन उद्घाटन सत्रमा गाउँपालिका स्तरका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, अमृत देवकोटा, गणेश सुनार, शम्भु प्रसाद शर्मा, जगेन्द्र देवकोटा लगाएतकाले शुभकामना मन्तव्य राखेका थिय ।

 

कुमाख गाउँपालिका वडा नं.६ का वडाध्यक्ष विरवल शर्माको अध्यक्षता, वडा सदस्य हरिलाल बुढाको स्वागत मन्तव्यबाट शूरू भएको कार्यक्रमको संचालन रुद्रबिर के सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस