सल्यानको बागचौरमा जैविक मल सम्बन्धि ३ दिने तालिम सुरु

१५ चैत २०७८

सल्यानको बागचौर नगरपालिकामा जैविक मल सम्बन्धि ३ दिने तालीम संचालन भएको छ ।


बागचौर नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको नगरपालिका स्तरिय तालिमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले तीन दिन सम्म संचालन हुने तालिमले नगरपालिका भित्रका कृर्षक हरुलाई फाइदा हुने बताएका छन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बागचौर नगरपालिका कृषि क्षेत्रको उर्वर भुमी भएकाले त्यसलाई सदुपयोग तथा उपयोग गर्न कृर्षकहरुलाई अनुरोध गरेका हुन ।
तालिममा सहभागी हरुलाई प्रशिक्षण दिदि बागचौर नगरपालिका कृर्षी शाखा प्रमुख हिरादेवी रोकायले कृषि क्षेत्रको बिकास र वृद्धिका लागि प्राङ्गारीक मलको प्रयोग गरि कृषि जन्य बस्तुको उत्पादनमा वृद्धि गर्न अनुरोध गरिन ।

बागचौर नगरपालिका अन्तर्गत १२ वटै वडाका प्रती वडा २ जना कृर्षकहरुको सहभागिता रहेको तालीममा प्रमुख रोकायले आधुनिक खेती प्रणाली लाई अवलम्बन गर्नु आजको आवश्यकता भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस