बागचौर नगरपालिका २ खरिबोटमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र स्थापना

१४ चैत २०७८                                                                  
सल्यानको बागचौर नगरपालिका २ खरिवोटमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र स्थापना गरिएको छ।


बागचौर नगरपालिका र आसपासका स्थानीय तहका जनतालाई सहजता गराउनको लागी स्थापना गरिएको आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा थप इट्टा थपिएको बताएका छन् ।
नगरपालिका सँग रहेको सीमित बजेट बाट प्रभावकारी र जनतामुखी काम गर्दै आएको भन्दै आइसोलेसन केन्द्र देखि आँखा तथा कान उपचार केन्द्र स्थापना गर्न आफूहरूले विभिन्न ठाउँमा पहल गरेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले पुरानो इतिहास बोकेको खरिवोट बजार लगाएत आसपासको क्षेत्रको बिकासका लागी नगरपालिकाले महत्त्वपूर्ण भुमिका खेलेको बताए । बुढाथोकीले आफू निर्वाचित भए यता बागचौर नगरपालिका भित्रको सबै क्षेत्रमा समान किसिमले बिकास गरेको बताए ।खरिवोटमा स्थापना गरेको आँखा तथा कान उपचार केन्द्रमा उपचार सामाग्री खरिदको लागि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफ्नो सेवा सुबिधा बाट १ लाख रुपैया दिने घोषणा गरेका छन् ।बुढाथोकीले आफू निर्वाचित भए यता आफुले पाउने सेवा सुबिधा बाट जम्मा भएको रकम कोरोना महामारीमा बिरामीको उपचार गर्नको लागि अक्सिजन सिलिन्डर खरिद गरि आइसोलेशन केन्द्र संचालन गरेको बताए ।

 

उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै एकीकृत नेपाल नेत्र ज्योतिसंघ कर्णाली प्रेदेश परियोजनाका व्यवस्थापक मान बहादुर कुवरले बागचौर नगरपालिकाले राम्रो कामको सुरुवात गरेको बताए । उनले बागचौर नगरपालिकाले “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” नेपाल नेत्र ज्योति संघको सहकार्यमा सञ्चालन गरेको र नेपाल नेत्र ज्योति संघले उपचार केन्द्रलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने पनि प्रतिवद्वता गरेका छन ।उनले जटिल सेवा बाहेक अन्य सबै प्रकारका सेवा खरिवोट बाट दिइने बताए ।

 

बागचौर नगरपालिका वडा नं.२ कार्यवाहक वडा अध्यक्ष टोपबहादुर डाँगीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन बागचौर नगरपालिका शिक्षा शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस