बागचौर नगरपालिका वडा नं.९ को वडा अध्यक्ष कप प्रतियोगिता सुरु

१४ चैत २०७८

सल्यानको बागचौर नगरपालिका वडा नं.९ को तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । 

आइतबार देखि सुरु भएको वडा अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले खेल क्षेत्रमा बागचौर नगरपालिका वडा नं.९ पहिले देखिनै राम्रा राम्रा खेलाडी उत्पादन गर्दै आएको क्षेत्र भएको बताए ।खेल क्षेत्र लगाएत नगरको अन्य बिकासमा राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथी उठेर काम गर्न सके सबैको लागि हित हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बुढाथोकीले खेलक्षेत्रको बिकासमा संघ र प्रदेश सरकारले ध्यान दिन नसक्दा राम्रा राम्रा खेलाडी हरु बिदेशीना बाध्य भएको बताए ।उनले बागचौर नगरपालिकाले गरेका बिकास निर्माणका कार्यको बिरोध गरेर राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।बागचौर नगरपालिका ले गरेका जनहितका कार्यहरुको बिरोध गरेर अगाडि बढ्ने सपना पूरा हुन नसक्ने उनले बताएका हुन ।खेलकुदमा अनुशासनको गहन भुमिका रहने भन्दै नगर प्रमुखले खेलाडीहरुलाई सोही अनुसार प्रतियोगितामा सहभागी हुन आग्रह गरे ।

बागचौर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश परिषद सदस्य टंक प्रसाद शर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य हेमराज शर्मा, नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति झक्कु प्रसाद वली, नेकपा माओवादी केन्द्र बानपा ९ वडा कमिटी अध्यक्ष प्रेम प्रकाश शर्मा, एकीकृत समाजवादी पार्टीका नगर कमिटी सदस्य झक्कु वली, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य टोप ब.वली, गै.स.संघ महासंघ नेपालका केन्द्रीय सचिव दिपेन्द्र प्रकाश डि.सी, शिशु जागरण मावि खोरबारेका निमित्त प्र.अ.तिलक वली लगाएतले खेल क्षेत्रको बिकास गर्न अति महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।उनिहरुले खेल क्षेत्रलाई देशको साझा सम्पत्तिको रुपमा लिन सके राम्रो हुने बताए ।

वडाका विभिन्न सांस्कृतिक झल्किने खाले नाचहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो भने वडा अध्यक्ष कप प्रतियोगितामा खानेपानीको निशुल्क ब्यवस्था ढकाल ट्रेडर्स एण्ड हर्वल उद्योगका संचालक दिपक शर्माले गरेका थिय ।

बागचौर नगरपालिका वडा नं.९ का वडासदस्य प्रेम वहादुर वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव डम्बर वहादुर विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस