बागचौर नगरपालिका वडा नं.२ को तेस्रो वडा अध्यक्ष खेलकुद प्रतियोगिता सुरु

१२ चैत                                                                            बागचौर नगरपालिकाको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन भएको छ ।                                           

शनिबार देखि जनकल्याण नमुना माद्यामिक बिधालय थारमारेको प्राआगनमा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले संघियता लागू भए संगै खेल क्षेत्रको बिकास भएको तर खेलाडीहरुको ब्यवस्थापन हुन नसकेको बताए ।बिगतमा बार्षिक रुपमा जिल्लामा मात्र सिमित हुने रास्ट्रपति रनिङ सिल्डले क्षमता भन्दा पहुच र पावरका आधारमा खेलाडी लाई समेट्ने प्रवृत्तिले जिल्लाको खेल क्षेत्रको बिकास हुन नसकेको बताएका छन् ।
संघ र प्रदेश सरकारले खेलाडीहरुको उचित किसिमको ब्यवस्थापन गर्न नसक्दा खेलाडीहरु बिदेशिनु पर्ने बाध्यता रहेको समेत बताए ।     

कोभिडको कारणले आफ्नो कार्यकालमा जनचाहना अनुसार बिकास गर्न नसकेपनी,बिकासको जग बसालेको बताए ।
बागचौर नगरपालिका वडा नं.२ मा भ्यु टावर निर्माण देखि बिधुत सव स्टेसन लगाएत महत्त्वपूर्ण बिकासका आयोजनाहरु निर्माण भएको बताए ।उनले फरक प्रसङ्गमा सरकारले स्थानीय तहको निर्वाचन तोके संगै खुल्ला मंचमा गरिने कार्यक्रममा केही पार्टीका नेताहरुले आफ्नो र बागचौर नगरपालिकाको बिरोध गरेको देख्दा अचम्मित भएको बताए ।


बागचौर नगरपालिका वडा नं.२ कार्यवाहक वडा अध्यक्ष टोपबहादुर डिसीको सभाअध्यक्षता,वडा महिला सदस्य धन सरी शार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख,प्रतिनिधि लगाएत शिक्षक बिद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न मौलिक साँस्कृतिक झल्किने खाले प्रस्तुति राखिएको थियो भने कार्यक्रमको संचालन तारा देव शर्माले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस