माध्यमिक बिधालय,वडा भवनका साथ वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन सप्पन्न

१२ चैत/ सन्तोष भण्डारी

बागचौर नगरपालिका भित्रका वडा कप प्रतियोगिताले तिब्रता लिएका छन् भने,सम्पन्न भएका बिकास योजनाको उद्घाटन हुने क्रम जारी छ ।                                                                          शुक्रवार ४ वटा कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले नगरको बिकासले गति लिए संगै जनताको दैनिकीमा समेत सहजता थपिदै आएको बताएका छन् ।

नगरको जहाँ विद्यार्थी त्याँहा शिक्षक,एक वडा एक माध्यमिक बिधालय निर्माण गर्ने अभियान अन्तर्गत वडा नं.६ जामुनेचौरको सरस्वती माध्यमिक बिधालय,वडा नं.६ को तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता र वडा नं.११ को नव निर्मित वडा कार्यालय भवन संगै तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले स्थानीय सरकार र नागरिकको सम्बन्ध लाई समधुर बनाउनको लागि,नगरसरकारको नीति बिधिमा रहेर जनतामुखी काम गर्दै आएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले पछिल्लो समयमा आफुहरुले पाँच बर्षको अवधीमा बिकास निर्माण सम्पन्न गरेका योजनाहरुको उद्घाटनकै क्रममा केही नकारात्मक टीका टिप्पणी आउने गरेकाले त्यसलाई आफुले सकारात्मक ढंगले लिएको बताएका छन् ।वास्तविक बिषय बस्तुको गहिराइमा नपुगेर आग्रह पुर्वाग्रही रुपले गरिने टीका टिप्पणीले आफुलाई झन फराकिलो पारेको बताएका छन् ।उनले अहिले जुन ब्यक्तिले नकारात्मक टीका टिप्पणी गरि रहेका छन्,तिनै मान्छेले पहिले नगरले कुनै पनि बिकास गर्न सकेन भनेर टीका टिप्पणी गर्दै हिडेको बताउदै,आफुहरुले सम्पन्न गरेका बिकास निर्माणको उद्घाटन गर्ने कुरा नौलो नभएर अधिकारको बिषय भएको बताए हुन ।
दुवै ठाउँमा उद्घाटन भएका वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा बुढाथोकीले खेल क्षेत्रलाई सवै तहका सरकारले बिकास गर्नमा जोड दिनु पर्ने भन्दै,बागचौर नगरपालिकाले खेल क्षेत्रमा फट्को मार्दै आएको बताए । आफुहरुले खेल क्षेत्रको बिकासमा सक्दो कसरत गरेको बताएका छन ।

यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले, वडा स्तरीय खेलकुद प्रतियोगिता कार्यक्रमले वडा नगर हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म पहिचान दिन सक्ने खेलाडी उत्पादन गर्न नगर सरकार लागि परेको बताइन् ।खेलाडी राष्ट्रका गहना र खेल क्षेत्र रास्ट्रको सम्पत्ति भएकाले यसलाई कसैले पनि साँघुरो दायराको रुपममा हेर्न नसकिने उनले बताएकी हुन् ।
कार्यक्रमकी बिशिस्ट अतिथि समेत रहेकी पुनले आफुहरुले पाँच बर्ष सम्म गरेका बिकास निर्माण दिगो खाले भएको बताउदै, सम्पन्न नभएका कामलाई पनि प्रभावकारी रुपले सम्पन्न गर्न आफुहरु सरकार बाट बाहिरिएपनि प्रतिवद्व भएर साथ सहयोग गर्ने बताएकी छन् ।

वडा अध्यक्ष कप प्रतियोगिता उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष दिपक कुमार वली,नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बागचौर नगर इन्चार्ज टिकाराम वली ( दर्शन ) पार्टीका बागचौर नगर अध्यक्ष सोभाराम भण्डारी,जिल्ला समन्वय समिती सदस्य धनवहादुर वली,नेकपा एमाले बागचौर नगरपालिका वडा नं.११ का अध्यक्ष इन्द्रबहादुर भण्डारी,शिशु कल्याण माध्यमिक बिधालय हारिचारका बिधालय ब्यवस्थापन समिती अध्यक्ष,नोखिराम बस्नेत,सोही बिधालयका प्रधानाध्यापक नेव वहादुर वली लगाएतकाले शुभकामना मन्तव्य राखेका थिय ।


वडा नं. ६ को उद्घाटन सत्र वडा अध्यक्ष भुपेन्द्रराज वलीको सभाअध्यक्षता,शिक्षक बिरेन्द्र परियारको स्वागत मन्तव्य र प्रधानाध्यापक धनविर वलीको संचालनमा सम्पन्न भएको हो ।

त्यस्तै वडा नं.११ का अध्यक्ष मोहन लाल खड्काको अध्यक्षतामा सुरु भएको वडा अध्यक्ष कप उद्घाटन सत्रमा वडा कार्यालय निर्माणको लागि जग्गा दिने जग्गा दाताहरुलाई सम्मान गरिएको थियो ।सम्मान पाउनेहरुमा जग्गा दाता सोही वडाका तुलु खड्का,रतु खड्का,धन वहादुर खड्का र कर्ण बहादुर खड्का रहेका छन् ।
वीर बहादुर वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक गण बहादुर वलीले गरेका हुन ।                         

प्रतिक्रिया दिनुहोस