११ चैत/ रमिला मैनाली
सल्यानको बागचौर नगरपालिका वडा नं.८ मा नयाँ वडा कार्यालय भवन उद्घाटन गरिनुका साथै तेस्रो वडा अध्यक्ष कप प्रतियोगिता संचालन गरिएको छ ।
बिहिवार दुवै कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जनताको आवश्यकता र चाहानालाई पूरा गर्न वडा कार्यालय निर्माण गरेकोमा वडा नं.८ का जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका छन् ।सार्वजनिक सम्पत्ति निर्माणको लागि निजि जग्गा दान गर्ने बागचौर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रोमु शाही लगाएतका दानदाताहरुलाई बुढाथोकीले धन्यवाद दिदै समाज परिवर्तनको लागि यस्ता काममा लामबद्व हुन सम्पुर्ण जनप्रतिनिधि र नगरवासीलाई आग्रह गरेका हुन ।
बिहिवार वडा कार्यालय र तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख बुढाथोकीले खेल क्षेत्रको बिकासको लागि आफुहरुले नगरपालिकाका १२ वटै वडाका खेलाडीहरुको हितमा काम गर्दै आएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले आफू निर्वाचित भए यता नगरको समृद्धिका लागि समान ढंगले बजेट बिनियोजन गर्दै आएको बताएका हुन ।उनले केन्द्र बाट चल्दै आएको जहाँ नेताको पहुँच र पावर त्यहाँ बिकासे बजेट खन्याउने प्रवृत्तिको आफू बिरोधी भएको बताएका छन् ।उक्त प्रवृत्तिले देशको बिकासमा समेत नराम्रो असर पार्ने भन्दै समान ढंगले बिकासका रूप रेखालाई अगाडि सार्नु पर्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा नं. ८ का वडाध्यक्ष रोमु शाहीले आफ्नो आमा सुन्तला कुमारी शाहीको सम्झनामा वडा कार्यालयको लागि ३ रोपनी जग्गा दान गरेको बताएका छन् ।सामाजिक तथा सार्वजनिक कामको बिकासको लागि अरु बाट हैन आफै बाट सुरु गर्नु पर्छ भन्ने मान्यताका साथ आफुले जग्गा दान गरेको वडा अध्यक्ष शाहिले बताए ।वडा कार्यालयको लागि आफुले मात्र नभएर वडा का अन्य जनप्रतिनिधिले पनि जग्गा दान गरेको बताउदै सबै लाई धन्यवाद दिएका थिय,वडा कार्यालयको लागि जग्गा दान गर्ने हरुमा वडा सदस्यहरु तारादेव नेपाली १ रोपनी,ओम प्रकाश गीरीले १ रोपनी जग्गा दान गरेका हुन ।वडा अध्यक्ष शाहीले आफू वडा अध्यक्ष भए यता बिभिन्न्न सार्वजनिक कार्यमा निजि स्तरबाट सहयोग गर्दै आएको बताए ।उनले वडा नं.८ ले पाँच बर्षको अवधीमा गरेका कामको सार्वजानिकिकरण गर्दै सामाजिक कामको लागि चौडा छाती बनाएर अगाडि बढ्नु आजको आवश्यकता भएको बताएका छन ।शाहिले वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता लाई सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्दिन सबैलाई अनुरोध गरेका हुन ।
३ दिन सम्म संचालन हुने उक्त तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन सत्रमा,कालिका माध्यामिक बिधालय कोटमौलाका प्रधानाध्यापक खुमराज केसी र इलाका स्वास्थ्य चौकी कोटमौलाका प्रमुख दिपेन्द्र गीरीले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिय ।उक्त कार्यक्रममा विभिन्न पार्टीका प्रमुख,प्रतिनिधि,बिधालय ब्यवस्थापन समिती अध्यक्ष,प्रधानाध्यापक,शिक्षक,विद्यार्थी,खेलाडी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो भने सो अवधीमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा कार्यालयले जनाएको छ ।
बागचौर नगरपालिका वडा नं.८ का वडा अध्यक्ष रोमु शाहीको अध्यक्षता,वडा महिला सदस्य कल्पना शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नवीन शाहीले गरेका हुन ।