बागचौर ५ शिर्पामा दुई कोठे भवन,गेट,घेरवार तथा माध्यमिक बिधालय उदघाटन

१० चैत, बिमला बस्नेत

श्री शहीद भरत स्मृति माध्यामिक बिधालयको २ कोठे भवन,गेट घेरवार तथा माध्यमिक बिधालय एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.५ शिर्पामा रहेको उक्त बिधालयको नव निर्मित भवनको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले जनवादी शिक्षा दिनको लागि नेकपा माओवादीले जनयुद्धकै क्रममा निर्माण गरेको उक्त बिधालयको महत्त्व फरक राहेको बताएका छन् ।तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रभावशाली नेता सहिद भरत भाबुक वलीको नाम बाट निर्माण गरिएको उक्त बिधालयमा जिल्ला भरिका सहिद परिवारका छोरा छोरीलाई ब्यभारिक शिक्षा प्रदान गर्दै आएको बिगत लाई सम्झिदै माओवादी पार्टीले तत्कालीन समयमा उक्त बिधालय निर्माणमा महत्त्वपूर्ण भुमिका खेलेको बताए ।भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बुढाथोकीले पार्टीले जनताका पक्षमा गरेको बिकासे कामलाई पुर्णता दिन सोही,पार्टी बाट निर्वाचित जनप्रतिनिधिको महत्त्वपूर्ण भुमिका रहने भन्दै आफुले नगरका अरु बिधालयको तुलनामा फरक इतिहास बोकेको बिधालय लाई फरक धारबाट बिकास गर्न चाहेको र सोही अनुसार काम गर्दै आएको बताए ।
बुढाथोकीले बिधालयको भौतिक संरचना बन्नु मात्र प्रमुख कुरा नभएर कुन उधेश्यले उक्त बिधालय खोलिएको हो त्यसको पहिचान लाई जोगाउनु,भौतिक पुर्वाधारलाई संरक्षण गर्नु उक्त बिधालयको उपलब्धि हुने बताए ।उनिले पछिल्लो चरणमा बागचौर नगरपालिकाले निर्माण सम्पन्न गरेका कामहरुको उद्घाटन गर्दै गर्दा आउदै गरेको निर्वाचनको तयारी भन्ने केही प्रतिक्रिया पाउदा आफू अचम्मित समेत परेको बताए ।आफू बागचौर नगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित भैसकेपछि संघ र प्रदेशको चुनावको असर,त्यस पछि कोभिड( १९ को असरले गर्दा सोचे जतिको समयलाई बिकास निर्माणमा लगाउन नसकेको भन्दै पछिल्लो चरणमा सम्पन्न भएका बिकासे कामको उद्घाटन िलाई पार्टी संग नजोर्न अनुरोध गरेका छन् । चुनावी बिषय बस्तु पार्टी संग सम्बन्धित भएकाले पार्टी र सरकारको बिषय धेरै फरक रहेको बताउदै पार्टीको निर्णय र जनचाहना अनुरुप आफू चुनावी तयारीमा लाग्ने बताउदै अहिले नै न आतिन्न सबैलाई अनुरोध गरे ।

उक्त बिधालयको भवन उद्घाटन कार्यक्रमले आफुलाई पुरानो दिनको याद दिलाएको बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले बताएकी छिन् । पार्टीको नेतृत्वमा जनयुद्धकै क्रममा निर्माण गरिएको उक्त बिधालयको पहिचान समेत अरु बिधालयको तुलनामा फरक रहेको भन्दै यस्को बिकासमा सरकारले मात्र नभएर पार्टीले समेत ध्यान पुर्‍याउनु पर्ने आवश्यकता रहेको उनिले बताइन ।कार्यक्रमको बिशिस्ट अतिथि समेत रहेकी पुनले पार्टीको केही लगानी र जनश्रमदान बाट निर्मित उक्त बिधालयले जिल्ला भरका हजारौं बिद्यार्थी पढ्न सक्ने बाताबरण निर्माण गरेको बताइन् ।कार्यक्रमका अतिथि नेकपा ९माओवादी केन्द्र० का प्रदेश कमिटी सदस्य ज्ञानबहादुर वली ९ माइकल० ले आफ्नो पार्टीले सहिद भरत भावुक वलीको सम्झना निर्माण गरेको आवाशिय बिधालयको महत्त्व त्यति बेलानै फरक रहेको बताए ।पार्टीले २०६३ देखि ७३ साल सम्म आफुलाई उक्त बिधालय ब्यवस्थापन समिती अध्यक्षको जिम्मा दिएको र सोही अवधीमा आफुले उक्त बिधालयको पहिचान जोगाउनको साथै बिकासको लागि महत्त्वपूर्ण भुमिका खेलेको बताए। वलीले उक्त बिधालय भरत भावुक वली लगाएत जनयुद्धका क्रममा जिल्ला भरबाट सहिद योद्धाको सपना पूरा गर्नको लागि स्थापना गरिएको र पार्टीको ऎतिहासिक सम्पत्ति समेत भएको बताएका छन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका कर्मचारी रविकिरण वलीले बिधालय स्तर उन्नतिको लागि बागचौर नगरपालिका बाट सकारात्मक सहयोग हुदै आएको बताए । शिक्षा क्षेत्रमा लगानी बढाउनको लागि नगरपालिकाले नगरका सम्पुर्ण बिधालयमा भौतिक पुर्वाधार निर्माण संगै शैक्षिक गुणस्तरीयतामा समेत बिकास गर्दै आएको बताएका छन् ।सहिद भरत भावुक वलीका छोरा समेत रहेका वलीले आफ्न बुवा लगाएत जनयुद्धको क्रममा सहिद बन्ने सबै प्रती श्रद्वासुमन व्यक्त गर्दै शहिदका सपना पूरा गर्न सबै लागि पर्न आग्रह गरे ।भवन उद्घाटन कार्यक्रममा बागचौर नगरपालिका वडा नं। ५ का कार्यवाहक वडाध्यक्ष विक्रम रावत, सरस्वती मावि पेदिखोलाका प्रधानाध्यापक रामरोशनी बस्नेत, जनसेवा आधारभुत बिधालय गोठिबनका बिव्यस अध्यक्ष लिलमान भण्डारी, महेन्द्र आधारभुत बिधालय रारेचौरका शिक्षक शीवराम विक, शारदा रिसोर्स बोडिङ्ग स्कुलका प्रिन्सिपल हिमाल भण्डारी लगाएतले शुभकामना मन्तव्य राखेका थिय भने वडा नं। ५ का जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक,अध्यक्ष,सुरक्षा निकाय,अभिभावक पत्रकार लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमा समुहहरुको नृत्य, झांकी, विद्यार्थी भाईबहीनीहरुको नृत्य, दमाह बाजा सहितको नृत्य प्रस्तुती भएको थियो । साथै कार्यक्रममा नगरपालिका परिवार, विद्यालय पुर्व विव्यस अध्यक्षहरु, पुर्व प्र।अ।हरु, उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, भवन निर्माणकर्ता लगायतका अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।बागचौर नगरपालिकाको आर्थिक बर्ष २०७७र०७८ को बजेट बाट निर्माण भएको दुई कोठे भवन,बिधालय घेरवार तथा गेटको उद्घाटन कार्यक्रममा विभिन्न पहिचान झल्किने साँस्कृतिक कार्यक्रम,झाँकी प्रस्तुत गरिएको थियो भने,विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्ति र संस्थाहरुलाई सम्मान गरिएको हो ।सोही बिधालय व्यवस्थापन समितीका अध्यक्ष शेर वहादुर वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका पुर्व प्रधानाध्यापक कृष्ण प्रसाद शर्माले राखेका थिए भने कार्यक्रमको संचालन विद्यालयका निमित्त प्रधानाध्यापक तारादेव शर्माले गरेकाहुन ।

प्रतिक्रिया दिनुहोस