शहीदहरुको सम्झनामा प्रतीक्षालय निर्माण हुँदै

८ चैत/ दिपेन्द्र बस्नेत

सल्यानको बागचौर नगरपालिकाले सहिदहरुको सम्झनामा प्रतीक्षालय र मुर्ति निर्माण गर्ने भएको छ ।

द्वन्द्वको समयमा तत्कालीन राज्यपक्षबाट हत्या गरिएका नगरको वडा नं.४ लौराबाङ्ग वाँसखोलाका शहिद खम्बे पुन (झलकमान ) उनकी श्रीमती बिमला पुन ( चेतना) र छोरी लक्ष्मी पुन ( शदिक्षा) को सम्झनामा प्रतीक्षालय र उनिहरुको मुर्ति निर्माण गर्न लागीएको हो ।

प्रतिक्षालयको शिलान्यास गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले शहिदहरुको बलिदानीले देशमा आमूल परिवर्तन आएको बताएका छन् । १० बर्षिय जनयुद्धको क्रममा सहिद हुनु भएका झलकमान,उनकी श्रीमती र छोरी प्रती श्रद्वासुमन व्यक्त गर्दै उनिहरुको सपना साकार गर्न आफुहरु कटिबद्ध रहेको बताएका छन् ।नगरप्रमुख बुढाथोकीले आफू बागचौर नगरपालिकाको नगरप्रमुख भए यता सहिद परिवारको लागि सोचे जति काम गर्न नसकेपनी,सहिद परिवारको इतिहास निर्माण गर्न एक खालको जग बसाएको बताए ।उनले नगरको समृद्धिका लागि सिमित बजेट बाट असीमित आवश्यकता पुर्ती गर्नु पर्ने बाध्यताले जनताका केही कामले पुर्णता पाउन नसकेको बताए ।उनले आफ्नो चुनावी प्रतिवद्वता अनुसार नगर भित्रका सहिदहरुको सम्झनामा सबै वडालाई समेटेर सहिद रिङ्गरोड निर्माण गरेको,सहिद परिवारलाई भ्रमणको ब्यवस्था गर्दै आएको,सहिद परिवारको आयआर्जन बढाउनको लागी उन्नत जातका बाख्रा बितरण गर्न रकम बिनियोजन गरेको समेत बताए ।


प्रतीक्षालय शिलान्यास कार्यक्रममा बोल्दै सहिद झलकमान पुनकी आमाले आफ्ना छोरा,बुहारी र नातिनी जस्तै हजारौं शहिदका अपुरा तथा अधुरा सपना पूरा गर्न सबै लागि पर्नु पर्ने बताएकी छन् ।८३ बर्षिया आमा बटी पुनले आफ्नो परिवारका ३ जना सहिदहरुको सम्झनामा प्रतीक्षालय तथा मुर्ति निर्माण गर्न लागेकोमा बागचौर नगर सरकारलाई धन्यवाद दिएकी छन् ।

द्वन्द्वको समय २०६१ असोज २५ गते मारिएका एकै परिवारका तिनै जनाको सम्झनामा निर्माण हुन लागेको प्रतीक्षालयको लागि नगरले ५ लाख बजेट बिनियोजन गरेको हो ।उक्त रकम बाट मृतकका मुर्ति र प्रतीक्षालय निर्माण गरिने उनका आफन्तले जनाएका छन् ।शिलान्यास कार्यक्रममा बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुन,वडा नं.४ का वडा अध्यक्ष प्रेमबहादुर पुन,वडा सदस्यहरु,पत्रकार लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो

सोही क्रममा नगरप्रमुख बुढाथोकीले २ वटा बिधालयको अनुगमन समेत गरेका छन् ।उनले श्री जनता आधारभुत विद्यालय लौराबाङ्ग खोरवारेको निर्माण हुँदै गरेको फिल्ड र भगवती आधारभुत  विद्यालय लौरबाङ्गको अनुगमन गरेका थिय ।

प्रतिक्रिया दिनुहोस