सल्यानको छत्रेश्वरीमा निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो शंखको उद्घाटन

७ चैत /हरिभक्त भण्डारी                                           सल्यानको छत्रेश्वरी गाउँपालिकाले निर्माण गरेको नेपालकै सबै भन्दा ठूलो शङ्खको उद्घाटन गरिएको छ ।

छत्रेश्वरी गाउँपालिकाको शंखमुलमा निर्माण गरेको शंखको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश सरण महतले मानिसलाई भौतिक सुख सुविधा मात्र नभई आत्मसन्तुष्टिका लागि आध्यात्मिक विकास हुन पनि जरुरी रहेको बताएका छन् । नेपालमा धेरै धार्मिक तथा पर्यटकीय स्थल भएपनि त्यसको यथोचित प्रचार र विकास हुन नसकेको बताए ।

पूर्व परराष्ट्र मन्त्री अघिल्लो निर्वाचनमा ५० वर्षसम्म निरन्तर सरकार चलाउँछौँ भनेका कम्युनिस्टहरू ३ वर्ष पनि टिक्न नसकेको बताए । पाँच वर्षको कार्यकाल भएपनि तीन वर्ष भित्रमै कांग्रेसलाई सरकार सञ्चालनको साँचो बुझाएको उनको भनाई छ । उनले भने नेपाल अब कम्युनिस्ट मय हुन्छ कम्तिमा पनि ५० वर्ष नेपालमा कम्युनिस्ट सरकार सञ्चालन हुन्छ भनेर ठुला ठुला कुरा गर्ने कम्युनिस्टहरू ५ वर्ष पनि सरकार सञ्चालन गर्न सकेनन् । कुरामा घर घरमा ग्याँस, रेल, पानी जहाजका सपना देखाउने तर व्यवहारमा माखो नमार्ने कम्युनिस्टबाट नेपाली र नेपालीको विकास असम्भव भएको दाबी समेत गरेका छन् ।

आइतबार भएको कार्यक्रममा बोल्दै सांसदबाट पास भएको एमसीसी नेपालको हितमा भएको बताउँदै एमसीसीको विषयमा झुटको खेतीगर्नेहरुको मुकुन्डो पनि च्यात्तिएको बताएका हुन ।

प्रतिक्रिया दिनुहोस