५ चैत २०७८
नेपाल दलित मुक्ति मोर्चा बागचौर नगरपालिका वडा नं.६ को प्रथम भेला सम्पन्न भएको छ ।
भेला बाट धनवहादुर परियारको अध्यक्षतामा ३३ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
प्रथम भेलाको उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य लोकमान बुढाथोकीले जातीय विभेद लाई निर्मुल गर्नको लागी आफै बाट सुरुवात गर्नु पर्ने बताए ।
जातीय रुपमा हुने सबै खाले बिभेदिकरण लाई अन्त्य गरि समुन्नत समाज निर्माण गर्न आफुहरु बिगत देखि आहिले सम्म लागि रहेको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले बेलाबेलामा दलितहरुमा हुने बिभेद समाज परिवर्तनको लागि बाधक बन्ने भन्दै त्यस तर्फ सचेत नागरिकले ध्यान पुर्याउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बागचौर नगर इन्चार्ज टिकाराम वली ( दर्शन ) जिल्ला समन्वय समिति सदस्य भुपेन्द्र राज वली,पार्टीका बागचौर नगरकमीटी अध्यक्ष सोभाराम भण्डारी,नगरकमीटी सदस्य तथा वडा नं.६ का पार्टी इन्चार्ज गोबिन्द वली( क्रान्ति ) नगरकमिटी सदस्य तथा वडा अध्यक्ष सर्वजित वली,अखिल क्रान्तिकारीका नेता खडक प्रशाद खड्का लगाएतकाले भेला सफलताको शुभकामना दिएका थिय ।
नेपाल दलित मुक्ति मोर्चाका राजु बिक ( आकाश ) को अध्यक्षता,चन्द्र वहादुर बिक ( प्रवेश ) को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन धन वहादुर परियारले गरेका थिय ।