बागचौरको वडा नं.१० मा स्वास्थ्यचौकी,बिधालय भवन र वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन

४ चैत,रमिला मैनाली

सल्यानको बागचौर नगरपालिका वडा नं.१० पिपलनेटामा एकै दिन दुई वटा भवन र वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गरिएको छ ।


उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.१० ले
बिकासको गतिमा तिब्रता पाएको बताए ।

एक करोड ७० लाखमा निर्माण भएको पिपलनेटा स्वास्थ्यचौकीको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले स्वास्थ्य क्षेत्रमा वडा वासीलाई सहजता थपिएको बताएका छन् ।बुढाथोकीले वडानं.१०को भूगोल र त्यस क्षेत्रको जनघनत्वको आधारमा उत्कृष्ट स्वास्थ्यचौकीको पुर्वाधार तयार भएको बताए ।बुढाथोकीले स्वास्थ्यचौकीको उद्घाटन गर्नु मात्र प्रमुख कुरा नभएर,त्यसको संरक्षण गर्नु मुख्य बिषय भएकाले त्यता तिर ध्यान दिन वडा वासीलाई आग्रह गरेका छन् ।

यस्तै नगरप्रमुख बुढाथोकीले बागचौर नगरपालिका वडा नं.१० को तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता र महेन्द्र मावि पिपलनेटा को चार कोठे भवन उद्घाटन गर्दै मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको शिक्षा भएको बताएका छन् ।शिक्षा,स्वास्थ्य र खेलकुद संग जोडिएको कार्यक्रममा उनले आफुहरु निर्वाचन भए यता सिमित बजेट बाट असीमित काम गर्नको लागि जनचाहना अनुसार, लागि परेको बताए ,नगरप्रमुख बुढाथोकीले वडा अध्यक्ष खेलकुद प्रतियोगिताको लागि सफलताको शुभकामना दिदै खेलाडीहरुलाई अनुशासित पुर्वक खेलखेल्न आग्रह गरे ।

पिपलनेटामा भएको कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उप प्रमुख कल्पना पुनले बागचौर नगरपालिकाका १२ वटै वडाका मावि बिधालयमा आधुनिक खाले भवन निर्माण गरिएको बताइन् ।उनले
अझै त्यस्ता पुर्वाधार निर्माणको लागि आफुहरु लागि परेको बताउदै भौतिक पुर्वाधार संगै शैक्षिक अवस्थालाई सुधार गर्नु पर्ने बागचौर नगर सरकारको मुख्य उधेश्य रहेको बताइन ।कार्यक्रमको बिशिस्ट अतिथि समेत रहेकी पुनले आफुहरु जननिर्वाचित भएपछि भूगोलको बिकास संगै न्यायीक क्षेत्र,चेतनाको स्तरमा वृद्धि गर्न र लक्षित बर्गका कार्यक्रमहरु जनता माझ लागू गरेको बताइन्।उनले राम्रो कामको श्रेय समेत जनप्रतिनिधिले नपाउने परिपाटीको बड्दै गएको बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख टेकबहादुर डिसीले बागचौर नगरपालिकाका सम्पुर्ण बिधालयहरुमा प्रबिधी मैत्री शिक्षा प्रदान गर्ने अभियान आफुहरु रहेको बताए ।उनले बैज्ञानिक शिक्षा आजको आवश्यकता भएकाले त्यसलाई पनि वृद्धि बिकास गर्न नगर सरकार तत्पर रहेको बताए । डिसीले खेल क्षेत्रलाई शिक्षा संग जोडेर लिन सकिने भन्दै खेलले शारिरिक,मानसिक तथा संवेगात्मक रुपमा बिकास हुने कुरा बताउदै खेल क्षेत्र जिवनको एउटा् महत्त्वपूर्ण पाटो भएको बताए ।

कार्यक्रममा महेन्द्र माध्यामिक बिधालयका प्रधानाध्यापक बिष्णु प्रशाद अधिकारी लगाएतकाले शुभकामना मन्तव्य राखेका थिय ।चैत ६ गते सम्म संचालन हुने वडा अध्यक्ष कप प्रतियोगितामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष कृष्ण कुमार खड्काले जानकारी दिए । कार्यक्रममा विभिन्न मौलिकता बोकेका नाच तथा झाँकि हरु प्रस्तुत गरिएको थियो ।


बागचौर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण कुमार खड्काको अध्यक्षता र वडा सदस्य शेरवहादुर बुढाथोकीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक नवराज गौतम ले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस