हिमाली तथा पहाडी जिल्लामा आज होली पर्व मनाइदै

३ चैत, बिमला बस्नेत                                                     आज हिमाली एवं पहाडी जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइदै छ ।फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व
आज हिमाली एवं पहाडी जिल्लामा एकापसमा रङ र लोला खेली मनाइन लागेको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व दुई दिन सम्म परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

केही बर्ष पहिले सम्म चल्दै आएको सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम भने बिस्तारै कम हुदै आएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ।

साथै नेपाली हरुलाई घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस