२ चैत,हरिभक्त भण्डारी
सल्यानको बागचौर नगरपालिका वडा नं.९ खोरवारेमा रहेको शिशु जागरण माध्यामिक बिधालयको ४ कोठे भवन एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले राजनीतिक अस्थिरका कारण सबै क्षेत्रको बिकास सोचेजस्तो गतिमा हुन नसकेको बताएका छन् ।
संघीयता पछि बिकासले गति लिएको तर त्यसलाई पनि राजनीतिक आग्रह पुर्वाग्रहका कारण असर पुग्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकी शिशु जागरण माध्यमिक बिधालय खोरवारेको इतिहास बचाउन उक्त बिधालयका संस्थापक लोकवहादुर डाँगीको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् ।उनले उक्त बिधालयको भौतिक पुर्वाधार निर्माणमा आफुहरुले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए ।बुढाथोकीले विद्यार्थीको भबिष्य कस्तो बनाउने भन्ने बारे शिक्षकको मुख्य हात हुने भएकाले शिक्षक सहि बाटोमा हिन्न आग्रह गरेका छन् ।
आफुले बिद्यार्थी जिवनमा खोलाको बालुवा बेचेर अध्यन गरेको अनुभव साट्दै समयलाई सदुपयोग गर्न बिद्यार्थी लाई अनुरोध गरे । उनले नगरमा आफुहरुले समान ढंगले बिकास गर्दै आएको र केही अपुर्ण कार्यलाई पुर्णता दिनको लागि जनताले बिश्वास गरे अर्को कार्यकालमा नगर प्रमुखको रुपमा आउने बताए ।
कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन चन्दले अहिलेको बिकास संघियताको उपलब्धि भएको बताएका छन् ।वडा न ९ मा रहेको शिशुजागरण माध्यमिक बिधालयको भौतिक पुर्वाधारले करिब पुर्णता पाएको बताउदै शैक्षिक गुणस्तरीयता लाई बिकास गर्नको लागि आफुहरु लागि परेको बताए ।उनले आफू वडा अध्यक्षको रुपमा निर्वाचित भैसकेपछी समग्र वडाबासीको आवश्यकता र मागलाई सम्बोधन गर्ने गरि काम गरिरहेको बताए ।
यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसीले नगरका समग्र बिधालयको बिकास संगै शिशु जागरण माविको बिकासलाई पनि जोड दिदै आएको बताएका छन् ।उनले नगर सरकारले शिक्षाको क्षेत्रमा वडा नं २ बाहेक ११ वडामा एक वडा एक माध्यमिक बिधालय संचालन गरेको बताए ।
भवन तथा बिधालयको खानेपानी ट्यांकि उद्घाटन कार्यक्रममा नेकपा एमाले बागचौर नगरपालिका वडा नं.९ का इन्चार्ज हेमराज शर्मा,नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष प्रेम प्रकाश शर्मा,समाजवादीका अध्यक्ष देव बहादुर डिसी,नेकपा मालेका भिम वहादुर वली र सुर्य प्रकाश आधारभुत बिधालय कुयपानीका अध्यक्ष धनेन्द्र बिमल वलीले शुभकामना मन्तव्य राखेका थिय ।
श्री शिशुजागरण माध्यामिक बिधालय खोरवारेका अध्यक्ष लोक वहादुर डाँगीको अध्यक्षता, शिक्षक कृष्ण प्रकाश वलीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन बिधालयका प्रधानाध्यापक रुपलाल भण्डारीले गरेका हुन भने कार्यक्रमको समापन बिधालय ब्यवस्थापन समिती सदस्य दिपक शर्माले गरेका थिय ।