सल्यानको बागचौरमा विपिन भण्डारी मेमोरियल पार्क निर्माण हुँदै

२ चैत्र, सन्तोष भण्डारी

सल्यानको बागचौरमा बेपत्ताको सम्झनामा पार्क तथा संग्राहलय बन्ने भएको छ ।

जिल्लाको बागचौर नगरपालिका वडा नं.२ बागचौरमा जनयुद्धको क्रममा राज्यसत्ताद्वारा बेपत्ता पारिएकाहरूको सम्झनामा  बिपिन भण्डारी मेमोरियल  पार्क तथा संग्राहलय बन्ने भएको हो ।

जनयुद्धको क्रममा तत्कालीन राज्यपक्षबाट बेपत्ता पारिएका बिपिन भण्डारीको नाममा दर्ता रहेको बिपिन भण्डारी फाउन्डेसनले उक्त पार्क तथा संग्राहलय निर्माण गर्ने भएको हो । उक्त पार्कमा बिपिन भण्डारी लगाएत देशभरी बेपत्ता पारिएका एक हजार ९८ जनाको २/३ को ४० वटा ग्रेनाइटमा विस्तृत जानकारी सहितको शिलालेख राखिने बताएइको छ । पार्कमा खानेपानी, शौचालय र कार्यक्रम गर्ने मिल्ने टहरा बनाउने र बिस्तारै यसलाई संग्राहलयको रूपमा स्थापित गर्ने र बेपत्ता योद्धा सम्बन्धी अध्ययन गर्न चाहनेको लागि यो एउटा अध्ययन केन्द्रको रूपमा विकास गर्ने योजना रहेको बेपत्ता पारिएका बिपिन भण्डारीका बुवा वरिष्ठ अधिवक्ता एकराज भण्डारी ले बताएका छन् ।भण्डारीका बुवा बरिस्ठ अधिवक्ता एक राज भण्डारी र आमा आमा शान्ता भण्डारीले आफ्ना छोरा जस्तै हजारौ वेपत्ता छोराहरुको सम्झनामा पार्क तथा संग्राहलय निर्माण गर्नको लागी बागचौरमा रहेको १ रोपनी १२ आनाको जग्गा उक्त फाउन्डेसन लाई दान गरेको बताए ।उनिहरुले पार्क तथा संग्राहलय निर्माणमा समेत लगानी गर्ने बताएका छन ।

आफूले यस पार्क तथा संग्राहलयलाई विशेष महत्त्वका साथ हेरेको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् । देशको व्यवस्था परिवर्तन गर्नको लागि युद्धमा ज्यान गुमाउने,वेपत्ता पारीएका र घाइते अपांगहरुको वलिदान,त्याग तपस्या र योगदान लाई राज्यले न्यायपुर्ण ब्यवहार गर्नु पर्ने उनिले बताएका हुन ।बुढाथोकीले युद्धको क्रममा देश भरी वाट बेपत्ता पारिएका ब्यक्तिहरुको सम्झनामा बागचौरमा निर्माण गर्न लागीएको पार्क तथा संग्रहालयको लागि बागचौर नगरपालिकाले २५ लाख बजेट विनियोजन गरिसकेको बताएका छन् ।उनिले पार्क तथा संग्राहलयको निर्माण पछि पर्यटनको क्षेत्रमा नगरलाई लाभ मिल्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस