१ चैत्र,बिमला बस्नेत
सल्यानको बागचौरमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गुनासो सुनुवाई तथा नागरिक सहभागिता अभिवृद्धि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले सेवाग्राही लाई छिटो,छरितो र प्रभावकारीतामा उक्त कार्यक्रमले सहजता थप्ने बताएका छन् ।
उनले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा सार्वजनिक निकायमा हुने गरेका वा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सँग सम्बन्धित गुनासो सुनुवाईले निश्चित समयमा तोकिएका समिति मार्फत गुनासो फर्छौट हुने र सेवाग्राहिले सहज र सरल तरिकाले सेवा लिन सक्ने बताएका छन् ।बुढाथोकीले उक्त तालिम बाट लाभ लिएर,सेवाग्रहीको मन जित्न समेत १२ वटै वडाका सम्बन्धित कर्मचारीहरुलाई आग्रह गरेका हुन ।कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर हमालले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सँग सम्बद्ध गुनासो सुनुवाई व्यवस्थापनको सुरु भएको बताएका छन् ।उनले सार्वजनिक निकायले दिने सेवा सुबिधालाई उक्त अभिमिखिकरण कार्यक्रमले सहजता थप्ने बताएका छन् ।
उक्त कार्यक्रममा बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुन, वडा अध्यक्ष, महिला वडा सदस्य, सूचना अधिकृत, सम्बन्धित शाखा प्रमुख, वडा सचिव लगाएत सिविस नेपालका संयोजक, सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संमयोजक र आर्थिक संयोजक लगाएतको उपस्थिती रहेको थियो भने बागचौर नगरपालिका अन्तर्गत रहेको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका शाखा प्रमुख धनेश्वर खड्काले गुनासो सुनुवाई समितिका पदाधिकारीको लागि अभिमुखिकरण कार्यक्रममा विभिन्न कानुन सँग सम्बन्धित रहेर पदाधिकारीको कार्यविभाजन, काम कर्तव्य, अधिकार, गुनोसो गर्ने प्रकृया, गुनासोको माध्याम र गुनासो दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर प्रशिक्षण दिएका थिय ।
कार्यक्रमको महत्त्व र कार्यक्रमको उधेश्य बारे सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक पुस्कर काफ्लेले जानकारी गराएका थिय भने,उक्त कार्यक्रमको संचालन बागचौर नगरपालिकाका सामाजिक परिचालक अधिकृत चुडामणि वलीले गरेका हुन ।