युवा संघ सल्यानको अध्यक्षमा रुपक बुढा निर्वाचित

१ चैत्र २०७८ /रमिला मैनाली

राष्ट्रिय युबा संघ नेपाल सल्यानको जिल्ला अध्यक्षमा रुपक बुढा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

सोमबार सल्यान खलंगामा भएको १० औँ जिल्ला अधिबेशन बाट रुपक बुढा अध्यक्ष रहेको ६३ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको हो ।

जस्को उपाध्यक्षमा नवराज वली सचिव प्रबिन घर्ती मगर सह- सचिव दिलिप रावत, सेर बहादुर चन्द कोषाध्यक्ष केसरी बस्नेत लगाएतका रहेका छन् ।युवा संघ सल्यानको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेकपा एमालेका पाेलिटब्युराे सदस्य गुलाब जंग शाहले युवा संघ नेकपा एमालेको बलियो शक्ति भएको बताएका छन् ।पार्टी लाई गतिशील बनाउन उक्त संगठनले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताए ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका शाहले नवनिर्वाचित टिमलाई कार्यकालको शुभकामना सहित बधाई समेत दिएका थिय ।

 

उक्त कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज प्रधान,कुलवहादुर गीरी, तिलक मल्ल, जिल्ला अध्यक्ष गोबिन्द पुन , जिल्ला कमिटी उपाध्यक्ष भिम बहादुर सेन , पुस्पा बोहरा सचिव ओज बुढाथोकी , जिल्ला कमिटी सदस्य हरु जनक बिक ,दिपेन्द्र डिसि अकबर पुन,सनशीलता ओलि डि सि , घनस्याम पुन अनेरास्ववियु का अध्यक्ष राजेस ओलि, प्रेस चौतारिका जिल्ला अध्यक्ष प्रकाश् भण्डारी लगाएत काे उपस्तिथि रहेकाे थियाे ।

 

उक्त अधिवेशन वाट क्षेत्रीय संयाेजक समेत तोकिएको छ ।जस अन्तर्गत क्षेत्र नं. १ मा इन्द्रजित भाट र क्षेत्र नं.२ मा दिपक दाहाल सर्वसम्मत निर्वाचित भएका हुन ।

युबा संघ सल्यानका अध्यक्ष रुपक बुढा को अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा डिल्ली खड्काले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम को सञ्चालन नबराज ओलि ले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस