ब्राइट रोजल्याण्ड बोडिङ्ग स्कुल बागचौरको १५ औ बार्षिक उत्सव सम्पन्न

३० फागुन,हरिभक्त भण्डारी                                      सल्यानको बागचौरमा रहेको ब्राइट रोजल्याण्ड बोडिङ्ग स्कुलले आफ्नो १५ औ बार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ् । 
आइतबार भएको १५ औ बार्षिक उत्सव तथा बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले निजि बिधालयले पनि शैक्षिक गुणस्तरीता प्रदान गर्न सक्छ्न भन्ने उदाहरण ब्राइट रोजल्याण्ड बोडिङ्ग बाट प्रमाणीत भएको बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले ब्राइट रोजल्याण्ड बोडिङ्ग स्कुलको शैक्षिक अवस्था र बिद्यार्थी संख्या हेर्दा नगरभित्रका सम्पुर्ण सरकारी बिधालय लाई चुनौती भएको बताए ।उनले बिद्यार्थीको सुनौलो भविष्य निर्माण गर्नको लागि शैक्षिक संस्थाको मुख्य भुमिका रहने भन्दै त्यस तर्फ ध्यान दिन सम्बन्धित स्कुललाई आग्रह गरेका थिय ।

कार्यक्रमका बिशिस्ट अतिथि प्याप्सन सल्यानका जिल्ला उपाध्यक्ष भरत कुमार बस्नेतले आफुहरुले निजि लगानी बाट संचालन गरेका बिधालयहरुका आ_आफ्नै समस्या भएको बताए ।उनले कोभिडले गर्दा बिद्यार्थीको पढाईमा असर पारेको भन्दै त्यस बाट निजि स्तरका बिधालले धेरै क्षेती ब्यहोर्नु परेको बताए ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य सुम्निमा डिसी, नेपाली कांग्रेस बागचौर नगर पालिका सभापति दिपेस डि सी, पत्रकार माहा संघ कर्णाली प्रदेस सदस्य प्रकाश भण्डारी, पत्रकार महासंघ सल्यान का सचिब टिकाराम भण्डारी (दिपसागर) जन पत्रकार माहा संघ कर्णाली प्रदेस कमिटी सदस्य खकेन्द्र के सी,संगठनका जिल्ला अध्यक्ष बिरेन्द्र डि सी,रेडियो मध्यपहाडका कार्यक्रम संयोजक प्रदीप पुन बागचौर पोलिक्लिनिककि सन्चालिका शारदा वलि, बिद्यालयको अभिभावक संघ सदस्य सुन कुमारी बिक लगाएतले शुभकामना मन्तव्य राखेका थिय ।


बार्षिक उत्सवको अवसरमा, विभिन्न साँस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिएको थियो ।बार्षिक उत्सवको अवसरमा बिधालयका शिक्षक शिक्षिका र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।बिधालयका प्रधानाध्यापक इन्द्र भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन ब्यवस्थापक खिमराज डिसीले गरेका थिय

प्रतिक्रिया दिनुहोस