बागचौर नगरपालिका ४ का किसान लाई मुर्रा जातका भैंसी बितरण


सल्यानको बागचौर वडा नं.४ सिमखोली र लौराबाङका किसान लाई भैसी बितरण गरिएको छ ।

किसानलाई भैंसी बितरण गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा न ४ को सिमखोली र लौराबाङ लगाएतको क्षेत्र भैसीपालनको लागि उचित भुगोल भएकाले उक्त क्षेत्रलाई भैंसी पकट क्षेत्र छानिएको बताए ।
उनले उक्त क्षेत्र राप्ती राजमार्गको बिचमा पर्ने भएकाले किसानले उत्पादन गरेको दुध बिक्री बितरण गर्न समेत सहज हुने बताएका हुन ।नगरप्रमुख बुढाथोकीले कार्यक्रम लाई प्रभावकारी बनाउनको लागि सबै किसान लाई आग्रह गरेका छन् ।

भैंसी बितरण कार्यक्रममा बागचौर नगरपालिका वडा नं.४ का अध्यक्ष प्रेमबहादुर पुन,वडा सदस्यहरु तुलसीराम घर्ती( जनक) कृष्ण बहादुर बस्नेत,पत्रकार किसान लगाएतको उपस्थिति रहेको थियो ।

साझेदारीमा आधारित एक स्थानीय तह एक पशु बस्तु उत्पादन अन्तर्गत दूध उत्पादनको लागि भैंसी ब्लक कार्यक्रम अनुसार, बागचौर नगरपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको साझेदारीमा पहिलो चरणमा १५ वटा भैंसी बितरण गरिएको बागचौर नगरपालिका पशु शाखाका प्रमुख टेकबहादुर बस्नेतले बताएका छन् ।बस्नेतले किसानलाई मुर्रा जातका भैंसी बितरण गरिएको बताए ।बाँकी १० वटा भैंसी केही दिन भित्रै किसानलाई उपलब्ध गराउने उनिले बताएका हुन ।

प्रतिक्रिया दिनुहोस