सरस्वती मावि पेदेखोलाको भवन उद्घाटन तथा बृहत अभिभावक भेला सम्पन्न

 

३० फागुन /दिपेन्द्र बस्नेत

सल्यानको बागचौर नगरपालिका ४ पेदिखोलामा रहेको श्री सरस्वती माध्यामिक बिधालयको चार कोठे भवन उद्घाटन तथा बृहत अभिभावक भेला सम्पन्न भएको छ ।

आइतबार भवनको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले सरस्वती मावी पुरानो इतिहास बोकेको बिधालय भएको बताएका छन् । आफू नगरप्रमुख भैसके पछि वडा नं.४को शिक्षा क्षेत्रमा ३ करोड बढी लगानी गरिसकेको बताउदै आगामी दिनहरुमा पनि नगरको समग्र बिकासको लागि समान किसमले बजेट बिनियोजन गर्ने बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बुढाथोकीले सार्वजनिक सम्पत्तिको स्तर उन्नतिका लागि राज्यको लगानीले मात्र सोचेको समयमा पूरा नहुने भन्दै त्यस्को लागि जनस्तर बाट पनि सहयोगको आवश्यकता पर्ने बताएका हुन ।
उनले बागचौर नगरपालिकामा सिमित बजेट बाट असीमित काम भएको बताए । कोरोनाको महामारीको समयमा नगर स्तरीय आइसुलेशन निर्माण गरि सयौ नगरवासीलाई निशुल्क रुपमा उपचार गरेको र हाल सम्म पनि उक्त आइसोलेशन बाट सबै प्रकारका बिरामीहरू लाई सेवा दिरहेको बताए ।नगरप्रमुख बुढाथोकीले पहिलो कार्यकालमा भएका अधुरा कार्यलाई पनि पुर्णता दिन र समग्र बिकास लाई न्यायपुर्ण ढंगले अगाडि लैजानको लागि जनताले बिश्वास र आवश्यकता देखे फेरीपनी निर्वाचनमा होमीने बताएका हुन ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले सरस्वती मावी पेदिखोला प्रती त्यस क्षेत्रका नागरिकहरुको बिश्वास बड्दै गरेको बताइन ।उक्त बिधालमा भएको उच्च विद्यार्थी संख्या,अभिभावक र बिधालयको आपसी सम्बन्धले गर्दा बिधालय प्रती सरोकारवाला निकायको पनि मोह बढेको बताइन् ।कार्यक्रमकी बिशिस्ट अतिथि समेत रहेकी पुनले बागचौर नगरपालिकाले शैक्षिक क्षेत्रको बिकासलाई मुख्य प्राथमिकता राखेर काम गर्दै आएको बताइन् ।उनले स्थानीय तहको निर्वाचन पछाडी सरस्वती मावि पेदेखोला लगाएत नगरका समग्र बिधालयको अवस्था फेरीएको बताएकी हुन ।पुनले समृद्ध नगरको अभियानमा आफुहरु निस्वार्थ रुपमा लागेको भन्दै बिरोध गर्ने हरुको लहलहैमा नलाग्न सबैलाई अनुरोध गरेकी हुन ।

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक रामरोशनी बस्नेतले आफ्नो बिधालयको भौतिक पुर्वाधार देखि शैक्षिक शैक्षिक सुधारमा बागचौर नगरपालिकाले अभिभावकको महत्त्वपूर्ण भुमिका खेलेको बताए ।उनले बिद्यार्थी संख्याको आधारमा शैक्षिक जनशक्ति र भौतिक पुर्वाधारको अपुग रहेको भन्दै त्यस तर्फ ध्यान दिन पनि नगर सरकालाई आग्रह गरेका हुन । यस्तै जग्गा दाता रामप्रसाद वलीले बिधालय लाई जग्गा लगाएत अन्य सम्पत्ति दान गर्नु पुनित कार्य भएको बताएका छन् ।उनले उक्त बिधालय निर्माणमा सुरुवाती दिनहरुमा आफुहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।यस्तै बागचौर नगरपालिका शिक्षा,खेलकुद तथा युवा शाखाका कर्मचारी रविकिरण वलीले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।उनले आगामी दिनमा पेदिखोलाको शैक्षिक बिकासमा नगर सरकार लगाएत तिनै तहका सरकारले महत्त्वपूर्ण भुमिका खेल्ने बाताबरण निर्माण गर्ने बताए ।

वडा नं.४ का वडा अध्यक्ष प्रेमबहादुर पुनले स्थानीय निर्वाचन पहिलेको बिधालय र त्यस पछिको बिधालयमा धेरै अन्तरभएको बताए ।उनले वडाको समग्र बिकासको लागि आफुलगाएत सम्पुर्ण जनप्रतिनिधि प्रतिबद्ध भएर लागेको बताए ।

कार्यक्रममा सरस्वती माविका पुर्व बिधालय ब्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर भण्डारी,सदस्य कर्णध्वज घर्तिमगर,अभिभावक खिमवहादुर वली र प्रेमबहादुर बस्नेतले सरस्वती मावि लाई अझै ब्यवस्थित गर्न आवश्यक देखिएको बताए ।उनिहरुले संसार परिवर्तनको मुल जग भनेकै शिक्षा भएकाले त्यसको उचित किसिमको रेखदेख हुन आवस्यक रहेको बताए ।

सोही कार्यक्रमको अवसरमा हाल अमेरीकामा बस्दै आएका बिधालयका पुर्व प्रअ नवराज पुनले निर्माण गरेको नवराज पुन जेहेन्दारिता छात्रवृत्ति बितरण समेत गरिएको थियो ।उक्त छात्रवृत्ति २०७७ को एसइ परिक्षामा उत्कृष्ट स्थान ल्याउने सोही बिधालयका छात्र रिम बहादुर घर्ती र छात्रा कल्पना वली लाई बितरण गरिएको हो ।

भवन उद्घाटन कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर हमाल,वागचौर नगरपालिका वडा नं५ का कार्यवाहक अध्यक्ष बिक्रम रावत,शिवरथ स्वास्थ्य चौकी प्रमुख टेकबहादुर रावत,इलाका प्रहरी कार्यालय सिमखोलीका प्रमुख नरेन्द्र चन्द,विभिन्न बिधालयका अध्यक्ष तथा प्रअ,जग्गा दाता,पत्रकार लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बागचौर नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को शिक्षा तर्फको ३६ लाख अनुदान रकममा निर्मित ४ कोठे भवनको उद्घाटन पछि बिधालयमा सहजता थपिएको बिधालयले जनाएको छ ।
कार्यक्रममा बिधालय लाई जग्गा दान गर्ने जग्गा दाताहरुलाई सम्मान गरिनुका साथै बिधालयका बिद्यार्थी,आमासमुहहरुले विभिन्न विभिन्न नाच र झांकी,नाटक प्रस्तुत गरिएका थिय ।

 

श्री सरस्वती माध्यमिक बिधालय पेदिखोलाका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष कृतिवहादुर पुनको अध्यक्षता,शिक्षक हरिस प्रशाद जोसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा शिक्षक लक्ष्मण पुनले बिधालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिय भने शिक्षक नरेश केसीले कार्यक्रमको संचालन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस