२९ फागुण /सन्तोष भण्डारी
योङ्ग कम्युनिस्ट लिग ( वाइसीएल )को शारदा नगर अध्यक्षमा टोपेन्द्र बुढा निर्वाचित भएका छन् ।
शनिबार भएको शारदा नगरको प्रथम सम्मेलन बाट बुढाको अध्यक्षतामा ७५ सदस्यीय नगरकमिटि गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य निम बहादुर केसी ( अरुण ) ले वाइसीएल पार्टीको एउटा मुख्य शक्तिको रुपमा रहेको बताए । प्रमुख अतिथी समेत रहेका केसीले वर्तमान परिस्थीति युवाको भुमिका, समाजवादको यात्राका साथै एमसिसिको व्याख्या गरेका थिय ।
उनले माओवादीलाई विजयी बनाउने अभियानमा युवा शक्ती लाग्नुपर्ने भन्दै जनयुद्धका उपलब्धीहरु गणतन्त्र, संघीयता र समावेशीतालाई जोगाउने अभिभारा पनि माओवादीसंगै भएको र राष्ट्रवादीहरुसंग मिलेर अघि बढ्नुपर्ने आवश्यकता भएको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु,चित्र बहादुर केसी (भाष्कर ) प्रमोद श्रेष्ठ, मान बहादुर मल्ल, नविनसिंह भडेल, सुरेन्द्र कवर, तिलक विक, प्रतिक इच्छुक शर्मा, शोभाराम भण्डारी, प्रतिभा वली, राजेन्द्र थापा, धन बहादुर परियार लगायतले सम्बोधन गरेका छन ।
टोपेन्द्र बुढाको अध्यक्षता,नारायण भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन डम्बर केसीले गरेका हुन ।