२८ फागुन २०७८/बिमला बस्नेत सल्यानको बागचौर नगरपालिका ५ सिर्पामा खानेपानीको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
शनिबार भएको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले आफ्नो र शिर्पाको सम्बन्ध आजको मात्र नभएर जनयुद्ध देखि बाटै भएको बताए । उनले त्यति बेलाकै त्यहाँको अवस्थालाई मध्यनजर गर्दै आफू बागचौर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भैसके पछि शिर्पा लगाएत आसपासको भुभागको समान बिकासमा लागि परेको बताए ।
खानेपानीको चरम अभाव भोक्दै आएको शिर्पाका प्रत्येक घर आगनमा खानेपानीका धारा संचालन संगै त्यहाँका नागरिकको खुसीमा आफ्नो खुसी समेत मिश्रीत भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले वडा नं.५ लगाएत शिर्पाटोलमा शाहीद रिङ्गरोड,खानेपानी,बिधुत,शैक्षिक सुधार,खरका छाना बिस्तावित लगाएत दर्जनौं राम्रा काम भएका र तिनिलाई पुर्णता दिन आफुलागी परेको बताए नगरप्रमुख बुढाथोकीले बताए ।बुढाथोकीले अब केही समय भित्रै उक्त क्षेत्रमा बिधुत उद्घाटन गरिने बताए ।
यस्तै उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिका वडा नं.५ का कार्यवाहक अध्यक्ष बिक्रम रावतले पहिलो कार्यकालको पहिलो बर्षमै निर्वाचित अध्यक्षलाई भुमिका बिहिन हुने वातावरणले आफुहरुलाई केही असहजता भएपनी जनताको आवश्यकता अनुसार बिकास गर्दै आएको बताए ।उनले आफुहरु जनताको जनप्रतिनिधि भैसकेपछी जनभावना अनुसारका काम भैरहेको बताय ।
कार्यक्रममा वडा सदस्य लक्ष्मी बिकले वडा बासीका समस्या लाई सहजतरिकाले समाधान गर्न नगरप्रमुख उद्वारवादी भएकाले आफुहरुलाई सहज भएको बताइन् ।बिकले महिलाहरुको समस्या लाई समाधान गर्न र उनिहरुको हक अधिकार लाई संरक्षण आफुहरुले काम गरिरहेको बताइ्न ।
बागचौर नगरपालिका शिक्षा शाखाका कर्मचारी रविकिरण वलीले भएको बिकास निर्माणलाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।उनले शिर्पामा पानी आएपछि त्यहाँका नागिरिक उत्पादन शिल बन्न सक्ने बताएका छन् ।
उद्घाटनमा नेकपा माओवादी केन्द्रकी बागचौर नगर कोषाध्यक्ष राधा शर्माले आजको परिवर्तन माओवादीले ल्याएको बताइन्,बागचौर नगरपालिकामा पनि जनभावना अनुसार काम भैरहेको बताइन ।
कार्यक्रममा वेलायती दूतावास जलबायु परिवर्तनका सल्लाहकार युगान्त मानधर,बरिस्ठ कार्यक्रम प्रवन्धक प्रतीमा रन्जित,नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणका प्राविधिक सेवा प्रदायक कम्पनी मट म्याक डोनल्ड्रका टोली नेता योहान ब्यन्टिक,क्षेत्रीय जलबायु संयोजक सन्दीप कुमार कायस्थ,कलस्टर जलबायु संयोजक सुनिल कुमार चौधरी इन्जिनियर अन्जन अधिकारीको समेत उपस्थिति रहेको थियो ।
बागचौर नगरपालिका र जलवायु अनुकुल कार्यक्रमको ५१ लाख ४४ हजार ८ सय ४९ रुपैयामा सम्पन्न भएको उक्त योजना बाट शिर्पा टोलका ७० घरधुरी लाई खानेपानी सुबिधा पुगेको शिर्पा खानेपानी तथा जलवायु अनुकुल कार्यक्रम निर्माण उपभोक्ता समिति अध्यक्ष शेरवहादुर वलीले बताए ।शेरवहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक शिव बिकले गरेका थिय ।