२८ फागुन,रमिला मैनाली
सल्यानको छत्रेश्वरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार देखि गाउँपालिकाको वडा नं.१ दमाचौरमा भएको कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सासंद गुलावजंग शाहले शिक्षा र खेलकुद क्षेत्रलाई मजबुत गराउनु पर्नेमा जोड दिएका छन् । उक्त क्षेत्रलाई मजबुत गराउन शिक्षक, अभिभावक, विद्यार्थी र राजनीतिक दलहरु एकताबद्ध भएर जानु पर्ने बताएका हुन।
नेकपा एमालेका कर्णाली प्रदेश सचेतक समेत रहेका शाहले अनुशासित एवं मर्यादित भएर खेलाडी खेलखेल्न आग्रह गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिय ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सन्तोष केसीले छत्रेस्वरी गाउँपालिकाले खेल क्षेत्रमा व्यापक लगानी गर्दै आएको बताएका छन् ।उनले आफू निर्वाचित भए यता प्रत्येक वडाहरुका खेलाडीको स्तर वृद्धिका लागि त्यस्ता खाले कार्यक्रमको आयोजना गर्दै आएको बताए ।केसीले पछिल्लो समयमा आम नागरिकलाई राजनीतिबाट वितृष्णा जागेको बताउदै राजनीतिक कर्मीले जनताको भावना बुझ्नु पर्ने बताएका हुन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य ,छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सीता केसी,प्रमुख प्रशासकीय अधिकृत प्रदिप खनाल,वडा न १का वडा अध्यक्ष नेव वहादुर शाह,वडा ६ का वडा अध्यक्ष दिपमनी दशौदी,वडा नं.७ का वडा अध्यक्ष मेघराज भण्डारी लगाएतले शुभकामना कामना मन्तव्य राखेका थिय ।
उक्त रनिङ शिल्ड ३ दिनसम्म संचालन हुने र विभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गरिने छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।