२७ फागुन २०७८/ हरिभक्त भण्डारी
नेपालका डाँगी जातिको उद्घगम थलोको रुपमा चिनिने बागचौर नगरपालिका २ लस्तम प्रीतिकोटमामा ३ वटा मुर्ति स्थापना गरिएको छ ।
डाँगी जातिका जिजु परमपिता सिरु डाँगी,जोख्खन कामी र इरु कुकुरको मुर्ति निर्माण गरिएको हो ।शुक्रबार ३ वटै मुर्तिको अनावरण गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले नेपालकै इतिहासमा डाँगी जातिको उद्घगम थलोलाई सबै किसिमले बिकास गर्न आफू लागी परेको बताए ।
बागचौर नगरपालिका वडा नं.२ अग्लाटाकुरा प्रीतिकोट लाई डाँगी जातिको एतिहाशिक थलोको रुपमा हेर्नू पर्नै नगरप्रमुख बुढाथोकीले बताएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले अग्ला टाकुरामा निर्माण गरिएको भ्युटावरको बिषयमा केही ब्यक्तिहरुले नकारात्मक टिकाटीप्पनी गर्दै आएको भन्दै,त्यस तर्फ आफ्नो ध्यान नगएको बताए ।बागचौर नगरपालिकामा निर्माण भएको भ्यु टावर पर्यटन प्रवर्द्धनको लागि कोशेढुंगा बन्ने भन्दै,त्यसमा धेरै न आत्तिन्न नगरवासीलाई आग्रह गरेका छन् ।उनले ६ करोड १२ लाखको डिपिआर गरेकोमा हालसम्म करिब २ करोड्को काम बनेको र आझै ४ करोड बढिको काम बन्न बाँकी रहेकोले भ्युटावर आझै निर्माणाधीन अवस्था रहेको समेत बताए ।
भ्युटावर जानको लागि खरिबोट, नयाँ बस्ती र लाटागार पिपल वस्ती देखि तीनवटा पदमार्ग निर्माण गरिने बताएका छन ।उनले डाँगीहरुले बनाएको मन्दिर तथा मुर्ति भएको स्थानका लागि गेट तथा घेरबारमा बागचौर नगरपालिकाको सहयोग रहेको बताउदै
डाँगी जातिको लागि मुर्ती निर्मण गर्न नगरपालिका बाट बजेट बिनियोजन गरे अन्यजातिलाई अन्याय पर्ने भन्दै आफुले ब्यक्तिगत रुपमा ५० हजार दिने घोषण गरेका छन् ।बुढाथोकीले उक्त पुनित कार्यमा सहयोग गर्न सबैमा आग्रह गरेका हुन ।
उद्घाटन सत्रमा बोल्दै डाँगी बन्धु नेपालका केन्द्रीय सदस्य गंगाराम डाँगीले बागचौर नगरपालिका वडा नं.२ अग्लाटाकुरा प्रीतिकोट पुनित भुमिभएको बताएका छन् ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका डाँगीले
लोपहुन लागेको कुनै पनि ठाउँ या बस्तुको इतिहास राख्नु भनेकै मानवीय सभ्यताको बिकास भएको बताए ।उनले पौराणिक कुरालाई पुस्तौ पछि भएपनी स्थापना गरेकोमा सहयोगी सबैलाई धन्यवाद दिएका थिय ।कार्यक्रममा बोल्दै डा.कृष्ण राज डिसीले सामाजिक काममा कटिबद्ध हुनलाई हाम्रो होइन राम्रो मान्छे रोज्नु पर्ने आजको आवश्यकता भएको बताए ।उनले नगरको धार्मिक तथा पर्यटन प्रवर्द्धनमा बागचौर नगरपालिकाले उत्कृष्ट काम गरेको बताए ।त्यसको नेर्तित्वकर्ता नगरप्रमुख लोकमान बुढाथोकीलाई न आतिन आग्रह गर्दै राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने प्रवृत्ति सबै ठाउँमा हुने भएकाले डटेर अगाडि बड्न आग्रह गरे ।
कार्यक्रममा बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्णवहादुर वली,नेपाली काङ्ग्रेसका नेता निमवहादुर वली,एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य ज्ञानेश्वर के.सी., नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सुम्निमा डि.सी., अधिवक्ता एकराज भण्डारी, जनकल्याण क्याम्पस थारमारेका क्यामपसप्रमुख पोखराज भण्डारी, जनकल्याण मा.वि.थारमारेमा प्रधानाध्यापक . डा.पुर्ण वहादुर भण्डारी, बागचौर नगरपालिका वडा नं. २ का वडाध्यक्ष टोप बहादुर डाँगी, ३ नं. का वडाध्यक्ष टिकाराम के.सी. सुरक्षा निकाय, बुद्धिजिवि पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
२ दिन सम्म सन्चालन हुने कार्यक्रमको पहिलो दिनमा विभिन्न आमा समुह लगाएत स्थानीय नगरवासीले झाँकी प्रस्तुत गरेका थिए ।शनिबार पनि दोहरी लगाएत अन्य प्रतियोगितात्मक कार्यक्रम संचालन गरिने आयोजनक टिमले बताएको छ ।स्थानीय समाजसेवी रुद्रमधु डाँगीको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन पत्रकार बिरेन्द्र डिसीले गरेका हुन ।