त्रिवेणीका कीसान लाई भैसी वितरण

२६ फागुन, रमिला मैनाली

सल्यानको त्रिवेणी गाउँपालिकामा कृर्षक लाई भैसी बितरण गरेको छ ।

जिल्लामा नै भैँसीको स्रोतकेन्द्र स्थापना गर्ने र दूधजन्य पदार्थमा जिल्ला लाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ भैँसी खरिदमा अनुदान उपलव्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ । भैँसीपालनका लागि राम्रो सम्भावना बोकेको फलावाङ क्षेत्रका कृषकहरुलाई भैँसीपालनमा व्यवसायिक बनाउन भैँसी खरिदमा अनुदान दिएर भैँसी वितरण गरिएको पशुु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
त्रिबेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङमा रहेको थर्कोट भैँसीपालन कृषक समुहमा आवद्ध कृषकहरुलाई भैँसी खरिदका लागि अनुदान उपलव्ध गराइएको समुहका अध्यक्ष दिपक कुमार रेग्मीले बताए । उनले समुह भित्र रहेका २० जना कृषकहरुलाई भैसी वितरण गरिएको समेत जानकारी दिय ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र स्थानिय कृषकहरुको लागत साझोदारी अन्र्तगत कार्यालयको ४० लाख रुपैयाँ र स्थानिय कृषकहरुको २३ लाख २६ हजार रुपैँया गरी ६३ लाख २६ हजार रुपैँयाको लागतमा ४० वटा मुर्रा जातका भैँसी खरिद गरि कृषकहरुलाई वितरण गरिएको हो ।भैँसी वितरण कार्यक्रममा त्रिबेणी गाउँ लिका वडानं.४ का वडाअध्यक्ष छविराज शर्मा, पशु अस्पताल तथा पशु सेवा कार्यालयका लेखापाल प्रेम बहादुर डाँगी, त्रिबेणी गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावत, समाजसेवी कुल बहादुर भण्डारी, पत्रकार उत्तर कुमार साहु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस