कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता द्वारा सल्यान प्रहरी हिरासत र कारागारको अनुगमन

फागुन २५ बिमला बस्नेत
जिल्ला कारागार सल्यानका कैदी बन्दीले कारागारमा खानेपानी,शौचालय,सरसफाइ र सुत्नलाई समस्या भएको बताएका छन् ।
बुधबार कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता ध्रुवकुमार श्रेष्ठ संग कैदीहरुले उक्त समस्या दर्शायका हुन ।न्यायधिवक्ता श्रेष्ठले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत र जिल्ला कारागार सल्यानको अनुगमनका क्रममा कैदीहरुले ३५ जना क्षमता रहेको कारागारमा १ सय ११ जना बस्नु पर्ने बाध्यता रहेको भन्दै त्यसको सहजताका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताएका छन् । सल्यान कारागारमा खानेपानी,शौचालय,सरसफाइ र सुत्नलाई समस्या भएको भन्दै आफुहरु कोलियामा सुत्नु पर्ने बाध्यता रहेको कैदी राम बहादुर दमाइले बताएका छन् ।उनले कारागारका कोठा भित्र सुत्नलाई ठाउँ नपुगेपछी दैनिक १०,१२ जनाले पालो लगाएर बाहिर सुत्नेगरेको बताए ।पानी परेको,हावाहुरी चलेको समयमा आफुहरुले बसेरै रात कटाउदै आएको उनको भनाइ छ । जिल्ला कारागार भित्र २ वटा मात्र सौचालय रहेको र सयौं जनाले प्रयोग गर्नु पर्ने अवस्था भएको भन्दै कैदी कमलराज खत्रीले बिहान चार बजे देखिनै लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताएका छन् ।
सल्यान जिल्लाका सबै स्थानीय तह भित्रका कैदिहरु कारागारमा भएता पनि कारागारको समस्या भने अहिले सम्म कसैले पनि नबुझेको चौकीदार निमलाल बिष्टले बताएका छन् ।बिष्टले कारागारका भवन पुराना तथा जिर्ण बनी सकेकाले आफुहरुलाई जोखिम भएको बताए ।उनिले सल्यानमा कैदिहरु लाई हेर्ने मानसिकता नै फरक भएको भन्दै दुखेसो पोखेका थिय ।
जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत अनुगमन पश्चात् मुख्य न्यायाधिवक्ता श्रेष्ठले दुवै ठाउँको अवस्था र समस्या बारे प्रतिवेदन तयार पारेर कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय र कानुन मन्त्रालयमा पेश गर्ने बताएका छ्न ।
प्रतिक्रिया दिनुहोस