संगठन निर्माणमा अखिल (क्रान्तिकारी ) सल्यानले दियो तीव्रता

२४ फागुन २०७८ / रमिला मैनाली

अखिल (क्रान्तिकारी) सल्यानले जिल्लाब्यापी रुपमा संगठन निर्माण लाई तिब्रता दिएको छ ।

संगठनको फागुन ११ गते बसेको जिल्ला स्तरीय बैठकको निर्णय अनुसार जिल्ला व्यापीरुपमा संगठन निर्माण लाई तिव्रता दिएको अखिल (क्रान्तिकारी ) सल्यानले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जनबर्गिय संगठनका रूपमा रहेको उक्त बिद्यार्थी संगठनले जिल्ला करिव २ दर्जन बिधालयहरुमा संगठन निर्माण गरिसकेको संगठनका जिल्ला अध्यक्ष मोहनलाल खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार बागचौर नगरपालिका,बनगाड कुपिण्डे नगरपालिका,कालिमाटी गाउँपालिका,त्रीवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र कुमाख गाउँपालिका भित्रका केही बिधालय हरुमा संगठन निर्माण गरिएको हो । पछिल्लो समयमा आफ्नो संगठनमा आवद्ध हुन विद्यार्थीको आकर्षण बढ्दो क्रममा रहेको भन्दै संगठन निर्माणमा आफुहरु लागि परेको अध्यक्ष खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस