शिदार्थ आधारभुत बिधालय काफलडाँडाको नयाँ भवन उद्घाटन

२३ फागुन २०७८ / दिपेन्द्र बस्नेत                                    शिदार्थ आधारभुत बिधालय बागचौर नगरपालिका ४ काफलडाडा शिवरथको नयाँ भवन तथा मोटर बाटो उद्घाटन गरिएको छ ।

सोमबार भएको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले राजनीति लाई पेसा नवनाएर सेवाको रुपमा लिए,देशको समृद्धि भनेकै समयमा हुने बताएका छन् ।नेपालका ठुला नेताहरुले बर्सेनि पहुँच र पावरको आधारमा आफुले चाहेका क्षेत्रमा एकतर्फी बजेट बिनियोजन गर्नु र नेताको पहुँच नभएका क्षेत्रमा आवश्यकता अनुसारको बजेट बिनियोजन नगर्नुले देश आसमान बिकासको दिशातिर धकेलिएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले आफुहरुले निर्वाचन पुर्व गरेका प्रतिबद्धताहरु पुर्ण रुपले पूरानभएपनी,जनताको आशा र अपेक्षा अनुसारको बिकासमा आफुहरु लागि परेको बताए ।उनले बागचौर नगरपालिकाका १२ वटै वडामा त्यहाँको समस्या आवश्यक्ता र संभावनाको हिसावले बजेट बिनियोजन गरि बिकास निर्माण गर्दै आएको बताए ।बुढाथोकीले बागचौर नगरपालिका वडानं.४ मा ५ बर्षको अबधिमा करिव साढे १२ करोड बजेट बिकास निर्माणमा छुट्याइएको र त्यस मध्य करिव ३ करोड बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको वताए ।बुढाथोकीले अन्य पुर्वाधार जस्तै बिधुतको काम गर्न सहज नहुने अनुभव व्यक्त गरे, बिधुतिकरणमा नगरपालिकाले बिनियोजन गरेको बजेट उपभोक्ताले कार्यनयनमा ल्याउन नसक्दा बिधुत बिस्तारमा सोचेजस्तो काम हुन नसकेको बताएका हुन् ।

 

यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले बागचौर नगरपालिका वडा नं.४ मा स्थानीय तहको निर्वाचन यता करिव २ सय बिकास निर्माणका योजनालाई पुर्णता दिइएको बताइन्।कार्यक्रमकी बिशिस्ट अतिथि समेत रहेकी पुनले भौतिक पुर्वाधार निर्माण लाई मात्र बिकास मान्न नसकिने बताएकी छन् ।पुनले नगरवासीको चेतना वृद्धि गर्न,जनचासोका बिषयलाई समाज सम्म लागू गर्नु,विभिन्न सीप क्षमताको लाई उचित स्थान सम्म पुर्याउनु समेत नगरको बिकास भएको बताएकी छन् ।उनले कुनै पनि बिकास निर्माणमा सरकारी रकम संगै जनसहभागिताको महत्त्वपूर्ण भुमिका रहने भन्दै श्रमदान गर्न समेत पछि नपर्न नगरवासीलाई आग्रह गरेकी छन् ।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखमा निर्मित २ कोठे भवन उद्घाटन कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सल्यान जिल्ला समन्वय समिति संयोजक कृति बहादुर पुन( प्रकाण्ड)ले एमसिसी देशको हितमा भएको बताएका छन् । उनले देशकोको अस्तित्वमा कुनै पनि आंच आउन नदिने गरि ब्याख्यात्मक तरिकाले एमसीसीको काम कार्वाही लाई अगाडि बढाइएको बताए ।पुनले आफ्नो पार्टीका जनप्रतिनिधिले नेत्तित्व गरेका जिल्लाका सवै स्थानीय तहमा जनमुखी बिकास भएको बताएका छन् ।

कार्यक्रममा बागचौर नगरपालिका वडानं.४ का वडा अध्यक्ष प्रेमबहादुर पुन,वडा सदस्य तुलसीराम घर्तिले आफुहरुले वडाबासीको चाहाना अनुरुप बिकास गरेको बताएका छन् ।उनिहरुले ५ बर्षको समयमा सयौं बर्ष सम्म हुन नसकेका बिकास निर्माणका काम समेत भएको बताए ।यस्तै कार्यक्रममा बागचौर
नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसीले शिक्षा लगाएत बागचौर नगरपालिकाले पाँच बर्षमा गरेका समग्र बिकास लाई संकलन गर्ने कार्यमा आफुहरु लागि परेको बताएका छन् । उनले बागचौर नगरपालिका भित्रको शैक्षिक अवस्थालाई अझै सुधार गर्नको लागी सम्पुर्ण बिधालयहरुमा विभिन्न खाले प्रभावकारी कार्यक्रम लागू गरेको बताए ।

 

कार्यक्रममा सोही बिधालयका प्रधानाध्यापक गणेश बहादुर वली,सरस्वती माध्यमिक बिधालय पेदीखोलाका शिक्षक दुर्गा बोहरा ,नेकपा माओवादी केन्द्र बागचौर नगरपालिका वडा नं.४ का अध्यक्ष डिल्ली वहादुर वली,नेपाली काँग्रेसका राम प्रशाद पुन,नेकपा एमालेका दलजित वली र नेकपा ( समाजवादी ) का मान बहादुर वलीले शिदार्थ आधारभुत बिधालय पुरानो इतिहास बोकेको बिधालय भएको र यसको स्तर वृद्धिमा सबैले सोच्ने समय आएको बताए ।जिर्न भवन,मोटर बाटोको अभाव रहेको बिधालयमा नयाँ भवन निर्माण हुनु र मोटरबाटो पुग्नुले थोरै राहतको महसुस भएको उनिहरुले बताएका छन् ।

बिधालय ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण वहादुर बस्नेतको अध्यक्षता, शिक्षक चन्द्र वहादुर बिकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बागचौर नगरपालिकाका कार्यक्रम अधिकृत पुर्णवहादुर वली,इन्जिनियर ज्ञानु बस्नेत लगाएत नगरपालिकाका कर्मचारी,शिक्षक,बिद्यार्थी,सुरक्षा निकाय,आमा समुहको सहभागिता रहेको थियो भने,कार्यक्रमको संचालन सोही बिधालयका शिक्षक योगेन्द्र वहादुर पुनले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस