सल्यानको दार्मामा जनप्रशिक्षण कार्यक्रम सम्पन्न

२१फागुन २०७८

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन ) ले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक रूपमा पारित भएकाले यसको कार्यान्वयनमा कुनै समस्या नभएको बताका छन् ।
शनिबार सल्यानको दार्मा फारुलाचौरमा भएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र दार्माको जनप्रशिक्षण सभामा बोल्दै कार्चेनले एमसीसीमा भएको शङ्का उप शङ्का मरिसकेकोले अब कार्यान्वयनमा कुनै समस्या नभएको र छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्ने बताएका छन् । महान् जनयुद्धको २७ औँ वार्षिकोत्सव तथा सहिद दिवसको अवसरमा आयोजना गरिएको जनप्रशिक्षण सभामा बोल्दै उनले एमसीसीका बारेमा धेरै शङ्कास्पद बुदाँहरु समावेश गरिएको र हाल व्याख्यात्मक बुदाँहरु समावेश गरेर पारित गरिएको बताए । मन्त्री लामाले जनताका लागि विकास र समृद्धि आवश्यकता भएको र सोही अनुसार आफूहरूले काम गरिरहेको बताएका छन् ।
कार्यक्रममा पार्टीका जिल्ला संयोजक कृति बहादुर पुन, प्रदेश कमिटी सदस्य भिमप्रकाश शर्मा, रत्न बहादुर वली, ज्ञान बहादुर वली, निम बहादुर केसी, अनन्त प्रसाद शर्मा, रमेशकुमार मल्ल, जुना मल्ल लगाएतले प्रशिक्षण मन्तव्य राखेका थिय ।कार्यक्रममा अन्य पार्टी परित्याग गरि २ दर्जन बढिले आफ्नो पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र दार्माले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस