नेपाल निर्माण व्यवसायी महासंघको १२ औ अधिबेशनमा कर्णाली प्रदेशबाट सल्यानका केसीले गरे उमेरदवारी घोषणा

यही फागुन २७ र २८ गते काठमाण्डौमा हुने नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशनमा, सल्यानका युवा निर्माण व्यवसायी डिल्ली केसी ले कर्णाली प्रदेशबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।
कर्णाली प्रदेशको निर्माण क्षेत्रमा बेग्लै पहिचान स्थापित गरि व्यवसायिक हितका लागि आफुले उम्मेदवारी दिन लागेको केसीले बताए । आफुले केन्द्रिय सदस्यमा निर्वाचित भएमा ठुला र साना व्यवसायीलाई मिलायर व्यवसायि विचको फरकपनाको महशुस हुन नदिने गरि नेतृत्व गर्ने केसीले दियो अनलाइनलाई बताए ।

२०६४ सालदेखि निशानभूमी कन्स्ट्रक्सन संचालन गरि निर्माण व्यवसायिको रुपमा काम गरिरहेका केसी निर्माण व्यवसायी संघ सल्यानको सहकोषाध्यक्ष, २०७० सालमा मध्यपश्चिमाञ्चलको निर्वाचित सचिब समेत भईसकेका छन ।
आफुलाई १२ औं अधिवेशनबाट निर्वाचित गराउनको लागि देशभरका निर्माण व्यवसायीहरुको साथ सहयोगको खाचो रहेको र सबै मिले आफुलाई जिताउन उनले अपिल गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस