१६ फाल्गुन २०७८/ दिपेन्द्र बस्नेत राष्ट्रिय प्रजातान्त्र पार्टी दार्माकी अध्यक्ष अनिशा बस्यालले शिव गुफा मन्दिर लाई शिव मुर्ति र गजुर हस्तान्तरण गरेकी छन् ।
जिल्लाको दार्मा गाउँपालिका वडा नं. ६ मनिवाङमा रहेको शिव गुफा मन्दिरलाइ शिव मुर्तीका साथै गजुर हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दार्मा गाउपालिकाकी अध्यक्ष अनिशा बस्यालले ३० हजार रुपैया मूल्य बराबरको ढलोट शिव मुर्ती र गजुर हस्तान्तरण गरेकी हुन ।शिवरात्री पर्वको अवसरमा मुर्ति र गजुर हस्तान्तरण गर्दै बस्यालले धर्म संस्कृती सहित पहिचान जोगाउने आफ्नो उदेश्य रहेको बताएकी छन् ।
शिव मन्दीर व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर केसीले उक्त मुर्ती र गजुर हस्तान्तरण गर्ने बस्याल लाई धन्यवाद समेत दिएका छन् ।केसीले उक्त शिवको मुर्तीको प्राण प्रतिष्ठा पूजा सम्पन्न गरि भक्तजनहरु पूजा आजा गर्न पाउने गरि खुला गरिएको बताएका छन् ।