१५ फागुन २०७८/ हरिभक्त भण्डारी सल्यानको त्रिवेणी गाउँपालिकाले व्यवसायीक पशुपालन गर्ने किसान लाई निशुल्क रुपमा घाँस बितरण गरेको छ ।
आइतबार गाउँपालिका पशु शाखाले एक कार्यक्रमका बिच गाउँपालिका भित्रका ४० जना ब्यवसायीक किसानलाई ४ क्विन्टल रियोसेन्टी जातको घाँसको बिउ वितरण गरिएको हो । घाँसमा आधारित पशुपालन गरी उत्पादन लागत कम गर्ने उद्देश्यले कृषकलाई घाँसको बिउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मानवहादुर डाँगीले
कृषकलाई व्यावसायिक रुपमा पशुपालन गरी दुग्ध उत्पादनलाई बढवा गर्न र दूधबाटै कृषकहरूलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको मुख्य उद्देश्य रहेको बताएका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का र वडा न ४ का वडाध्यक्ष छविराज शर्माको समेत उपस्थिति रहेको थियो ।