बागचौरका सम्पुर्ण वडा कार्यालय सम्म बिधुत बल्यो

१५ फागुन २०७८/ रमिला मैनाली

सल्यानको बागचौर नगरपालिकाका १२ वटै वडाहरुमा बिधुत बलेको छ ।शनिबार नगरको वडा नं.११ र ७ को  खारामा बिधुत उद्घाटन गरे संगै नगरका सम्पुर्ण वडाहरुमा बिधुत पुगेको बागचौर नगरपालिका सल्यानले जनाएको छ ।
उज्यालो बागचौर अभियान अन्तर्गत सम्पुर्ण वडाहरुमा बिधुत पुर्‍याएको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् ।वडा नं.११ र ७ मा भएका छुट्टाछुट्टै बिधुत लाइन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकी आफू बागचौर नगरपालिकाको नगरप्रमुख भए देखि बिधुत लगाएत अन्य भौतिक पुर्वाधार र समग्र पक्षमामा दृर्घकालिन बिकास गर्न लागि परेको बताए ।
बुढाथोकीले अहिले १२ वटै वडामा बत्ती बालिसकेको र अब सम्पुर्ण टोलबस्ती लगाएत सबैको घरघरमा बत्ति बाल्ने अभियानमा लागेको बताएका हुन । गत आर्थिक बर्ष २०७७/०७८र चालू आर्थिक बर्ष २०७८/०७९ को बजेटले बिधुत बिस्तारको काम अगाडि बढाइएको बताए ।

आफ्नो वडामा बिधुत बलेपछी वडा बासीमा खुसीयाली छाएको बागचौर नगरपालिका वडा नं.७ र ११ का वडा अध्यक्ष मोहन लाल खड्का र शेरवहादुर घर्तीले बताएका छन । वडा न ७ र ११ मा बिधुत बले संगै त्यहाँका करिब ५०० घरधुरी लाभान्वित भएका छन ।

प्रतिक्रिया दिनुहोस