तीन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

१४ फाल्गुन २०७८

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता (VERSP-MIS ) सम्बन्धी ३ दिने अभिमुखिकरण तालिम सल्यानको बागचाैरमा सप्पन्न भएको छ ।

बिहिवार देखी सुरु भएको ३ दिने अभिमुखी करण तालीमको शनिबार समापन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले पञ्जिकरणको क्षेत्रमा बागचौर नगरपालिका जिल्लामै उत्कृष्ट स्थानीय तह भएको बताएका छन् ।
बागचौर नगरपालिकाका सम्पुर्ण वडाहरुमा अनलाइन प्रणाली मार्फत सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता एक बर्ष अगाडि देखि सुरु गरिएको बताउँदै नगरको पञ्जिकरण शाखामा कार्यरत कर्मचारीहरु, वडा सचिवहरु र पञ्जिकाधिकारीहरुले नमुना योग्य काम गर्दै आएको बताए ।
कार्यक्रमका अध्यक्ष समेत रहेका बुढाथोकीले पञ्जिकरण क्षेत्रले अहिले नगर भित्रका जनताहरुको काम छिटो र छरितो हुने गरेको बताए ।

बागचाैर नगरपालिकाका एम.आई.एस अपरेटर खुमराज घर्तीको स्वागत मन्तव्य बाट सुरु भएको तालीमको उद्घाटन सत्रमा ईलाका प्रशासन कार्यालय बागचाैरका प्रमुख मोहन डि.सी र बागचाैर नगरपालिकाका शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी ले कार्यक्रम बारे सहजीकरण गरेका थिय भने,बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर हमाल, योजना शाखा प्रमुख पुर्ण वली, बागचाैर नगरपालिकाकाका सह लेखापाल वसन्त लामिछाने, बागचाैर नगरपालिकाका सूचना अधिकृत तिर्थराज डाँगी, नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी लगायत बागचाैर नगरपालिकाका भित्रका विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियोे ।

बागचाैर नगरपालिकाका १२ वटै वडाका वडा सचिव र पञ्जिकाधिकारीहरुका लागि सुरु गरिएको ३ दिने तालिममा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी प्रशिक्षण दिएको थियो ।

सल्यानको बागचाैर नगरपालिका सेवा इकाई बागचाैरमा रहेको पञ्जिकरण शाखामा कार्यरत एम.आई.एस अपरेटरहरु धनेश्वर खड्का, खुमराज घर्ती मगर र फिल्ड सहायक बामदेव के.सी ले कार्यक्रममा प्रशिक्षण दिएका थिय ।

प्रतिक्रिया दिनुहोस