सल्यानको बागचौरमा गरियो सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

१४ फागुन २०७८ / बिमला बस्नेत                                      २७ औ वलिदान दिवसको अवसरमा नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटीले सहिद तथा वेपत्ता परिवार लाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ। शनिवार बागचौरमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी,केन्द्रिय सदस्य टीका बुढाथोकी ( झरणा ) ले शाहीदको बलिदानले देशमा परिवर्तनको ढोका खुलेको बताएकी छन् । शहिद,वेपत्ता,घाइते अपांगको ठूलो त्याग तपस्या र बलिदानी बाट भएको परिवर्तन लाई आज फेरि प्रतिक्रिया वादिहरुले मेटाउन लागि परेको भन्दै,त्यसको प्रतिकारमा उत्तीर्ण सम्पुर्ण पाटी पंक्ति र शुभचिन्तक लाई आग्रह गरेकी हुन ।सहिद गणेश शर्मा( शन्देस) की जीवन संगीनी समेत रहेकी बुढाथोकीले सहिद तथा वेपत्ता परिवारलाई सरकारी निकाय बाट पनि दृर्घकालिन लाभ हुने खालका कार्यक्रमहरु तय गर्नु पर्नेमा जोड दिएकी हुन ।

यस्तै कार्यक्रमका बिशिस्ट अतिथी नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा( रमेश कोइराला) ले फागुन १४ गते देश परिवर्तनको लागि ऐतिहासिक दिन भएको बताएका छन् । उनले
सहिद तथा वेपत्ताहरुको त्याग तपस्या बाट ल्याएको संघियता र हाल सम्मका उपलब्धि हरुमा समेत पछिल्लो समयमा प्रतिक्रिया वादिहरुले आक्रमण गर्ने कुचेष्टा गरिरहेको भन्दै सचेत रहन नेता कार्यकर्ता लाई आग्रह गरेका छन् भने,नेकपा एकीकृत ( समाजवादी ) का केन्द्रिय परिषद सदस्य ज्ञानेश्वर केसीले मुलुकको परिवर्तनका लागि पाटीको नीति नियममा रहेर शहिद तथा वेपत्ता बनेका हरुको सपना पूरा गर्नलाई पाटीले मुलशिद्वान्त लाई आत्मसात गर्नु पर्ने बताएका हुन ।उनले शाहीद तथा वेपत्ता परिवारका लागि पार्टीले रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिए ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य लोकमान बुढाथोकी ( एलमान)ले सहिद तथा वेपत्ता योद्धा र उनिका परिवारको योगदान को तुलना गर्न नसकिने बताएका छन् ।देशलाई आजको अवस्था सम्म ल्याउन उनिहरुको योगदानलाई सधै सम्मान गर्नु पर्ने बताए ।बागचौर नगरपालिकाका नगर प्रमुख समेत रहेका बुढाथोकीले सहिद तथा वेपत्ता परिवारको लागि सरकारी निकाय बाट सम्मानजनक रुपमा आफुले काम गरिरहेको बताएका छ्न ।उनले आगामी दिनमा उनिहरुको परिवारको जीवन स्तर उठ्ने खालका कार्यक्रम समेत ल्याउने बताएका छन् ।

नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटीका अध्यक्ष सोभाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका जिल्ला समन्वय संयोजक किर्ति बहादुर पुन,पाटीका प्रदेश सदस्य तथा बागचौर नगर इन्चार्ज टिकाराम वली ( दर्शन ) प्रदेश सदस्यहरु रत्न वहादुर वली ( तुफान ) सुम्निमा डिसी,कमला वली लगाएत दर्जन बढी अतिथी हरुको सहभागीता रहेको थियो ।

नेकपा माओवादी केन्द्रका बागचौर नगरकमिटी उपाध्यक्ष रोमु शाहीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बागचौर नगरपालिका भित्रका सहिद तथा वेपत्ताका परिवार लाई अभिनन्दन गरिएको थियो ।यस्तै कार्यक्रममा बोल्दै सहिद नोखिराम वली ( नवीन) की जीवन संगीनी शुसिला वलीले सहिदका अधुरा सपनालाई पूरा गर्नको लागि पार्टी लाई आग्रह गरेकी छ्न।उनिले देश र जनताको लागि गरेको बलिदानी बाट प्राप्त उपलब्धि लाई संस्थागत गर्न आग्रह गरिन ।यस्तै बेपत्ता योद्धा पोखर बुढाथोकीका बुवा घमण्ड बुढाथोकीले देशको लागि लड्दा लड्दै वेपत्ता पारीएका आफ्ना छोरा जस्तै हजारौंको अवस्था सार्वजनिक गर्न सरकार लाई माग गरेका छन् ।

कार्यक्रममा अन्य केही पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई नेताहरू ले स्वागत गरेका थिय भने कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र बागचौर नगरकमिटी सह सचीव मदन बस्नेतले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस