सल्यानको बागचौर नगरपालिकाले बिधुत उद्घाटन लाई दियो तीव्रता

१४ फागुन २०७८ / सन्तोष भण्डारी                                                                                                              सल्यानको बागचौर नगरपालिकाले एकै दिनमा नगरका ३ वडामा बिधुत उद्घाटन गरेको छ ।

शुक्रबार बागचौरको वडा नं.६ जामुनेचौर,वडा नं.४ को नमुना मगरबस्ती,वडा नं.४ पैयाडाडा,वडा नं.१२ को स्याउलिबजार र १२ कै दोभान बजारमा बिधुत उद्घाटन गरिएको हो ।

३ वटा वडाको ५ टोलमा भएको बिधुत उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले चालू आर्थिक बर्ष भित्र बागचौरका सम्पुर्ण वडाका प्रत्येक टोलटोलमा बिधुत बाली सक्ने बताएका छन् ।उनले जनताको अमुल्य मतको सम्मान गर्दै चुनावी अभियानमा गरेका प्रतिबद्धता अनुरुप काम गर्दै गएको बताए ।बुढाथोकीले नगरका १२ वटै वडाका सम्पुर्ण जनतालाई सम्बोधन हुने किसीमले बजेट बिनियोजन गर्दै आएको बताए ।बिधुत उद्घाटन कार्यक्रममा बोल्दै उनले दृर्घकालिन बिकास निर्माण आफ्नो पहिलो लक्ष्य रहेको बताउँदै, नगरको समृद्धिका लागी सधै लागी परेको बताएका छन् ।

फरकफरक स्थानमा भएको बिधुत उद्घाटन कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष भुपेन्द्र राज वली,वडा नं.४ का वडा अध्यक्ष प्रेमबहादुर पुन,वडा नं. १२ का वडा सदस्य चित्र बहादुर वलीले प्रत्येक टोल बस्ती बाट छानिएर आएका योजनाहरुलाई मुख्य प्राथमिकताका साथ सम्पन्न गरेको र हाल सम्म बिधुत बिस्तारको ८० प्रतिशत काम सम्पन्न भएको बताएका हुन ।

उक्त कार्यक्रममा बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर वली,शिक्षा युवा तथा खेलकुद शाखाका कर्मचारी बिरेन्द्र प्रकाश डिसी,विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि,पत्रकार सर्वसाधारणको सहभागिता रहेको थियो ।

नगरका वडा नं.११ र वडा नम्बर ७ मा पनि बिधुत उद्घाटनको अन्तिम तयारीमा रहेको भन्दै अन्य वडाहरुमा पनि बिधुत बिस्तारको काम तिब्रताका साथ चली रहेको बागचौर नगरपालिकाले जनाएको छ।

बिधुत उद्घाटन पछि स्थानीय बासिन्दाहरुले बर्षौ सम्मको बिधुत बाल्ने धोको संघियता आएपछि पूरा भएको बताएका छन् ।शुक्रबार भएको बिधुत उद्घाटन बाट तीन वडाका करिब ८ सय घरधुरी लाभान्वित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस