सल्यानको कालिमाटी गाउँपालिका सहित अन्य ठाउँमा तोडफोड लाखौको चोरी

सल्यानको कालिमाटी गाउँपालीका तोडफोड भएको छ ।अज्ञात समुह द्वारा गाउँपालिका लगाएत,वडा कार्यालय,स्थानीय बासिका पसल,लघुबितिय संस्था र स्थानीय मन्दीरमा तोडफोड हुनुका साथै लाखौ रकम चोरी भएको कालिमाटी गाउँपालिकाले जनाएको छ ।

गए राती कालिमाटी गाउँपालिका कार्यालयका सम्पुर्ण ढोका ताल्चा फोरिएको ,कार्यालयमा जडान गरिएको सिसि टिभी फुटाएर,प्रमुख प्रशासकीय कार्यकक्ष लगाएका विभिन्न शाखाहरुमा तोडफोड गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताएका छन् ।
यस्तै कालिमाटी गाउँपालिका वडा नं.३ को वडा कार्यालय,कालिमाटी मा रहेको जाल्पा सामुदायिक लघुबित्त,स्थानीय पुतलिबजारमा रहेको स्थानीय प्रेम बिकको पसल र गंगामाला मन्दिरमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाउँपालिका कार्यालयका सम्पुर्ण कार्यकक्षामा दराज खुल्ला राखेको ,जाल्पा सामुदायिक लघुबित्त बाट २ लाख नगद चोरी भएको र गंगामाला मन्दिरको दान पेटिका फुटाएको प्रहरीले जनाएको छ ।
घटना स्थललाई अहिले प्रहरीले सुरक्षित राखेर अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस