बागचौर नगरपालिका ३ को तेस्रो वडा अध्यक्ष खेलकुद प्रतियोगिताको उद्घाटन

रमिला मैनाली
१३ फागुन सल्यान

बागचौर नगरपालिका ३ को तेस्रो वडा अध्यक्ष खेलकुद प्रतियोगिताको उद्घाटन १३ फागुन २०७८/रमिला मैनाली सल्यानको बागचौर नगरपालिका वडा नं.३ ले तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालनमा ल्याएको छ । बिहिवार वडा नं.३ को थाराचौरमा भएको कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले स्थानीय तहको सरकार निर्माण पछि बागचौर नगरपालिकाले खेल क्षेत्रमा सोचेभन्दा बढी प्रगति गरेको बताएका छन् ।पछील्ला केही बर्ष यता बागचौर नगरपालिकाका खेलाडीहरुले जुन सुकै क्षेत्रका खेलहरुमा भाग लिने र केही स्थान हासिल गर्नुले आफुहरुलाई खुसी लाग्ने गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका बुढाथोकीले आफुले निर्वाचनमा गरेका प्रतिबद्धता अनुरुप काम गर्दै आएको बताए,बागचौर नगरपालिका वडा नं.३ को खालीमा नगरकै पहिलो लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न गरेको बताउँदै नगरका १२ वटै वडामा सडक संजालको बिकास भएको र अब त्यसको स्तर उन्नति गर्न बाँकी रहेको समेत बुढाथोकीले बताएका हुन । उनले बागचौर नगरपालिकामा शिक्षा,स्वास्थ्य,खेलकुद,खानेपानी,पुर्वाधार बिकास,सचेतनामुलक कार्यक्रमका साथै पर्यटन प्रवर्द्धनको लागि भ्युउ टावर निर्माणको काम लाई तिब्रता दिएको बताए ।

नगर प्रमुख बुढाथोकीले नेपालको बिकास गर्ने पद्धतिलाई ठुला बडा नेताहरुले असर पार्दै आएको बताए ।मथिल्लो स्तरका नेताहरुले आफ्नो पहुँचका आधारमा पाटी,गुट उपगुट र ब्यक्ति हेरेर बजेट बिनियोजन गर्ने प्रवृत्तिले असमान रुपले बजेट बिनियोजन गर्ने गरेको र त्यसले स्थानीय तहको सरकार र जनताको सम्बन्ध लाई टाढा बनाउन प्रयास गरेको बताए । यस्तै कार्यक्रममा बिशिस्ट अतिथि बागचौर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुर्ण बहादुर वलीले हिजोको तुलनामा खेल क्षेत्र लगाएत नगरको समग्र बिकासले फट्को मारेको बताए ।उनले बागचौर नगरपालिका बाट उपलब्ध हुने सेवा सुबिधा लाई आफुहरुले छिटो छरितो रुपमा प्रवाह गर्दै आएको बताए । अधिकृत वलीले वडा नं.३ वडाका खेलाडी लाई सबै खेलमा सहभागी भएर उचित स्थान ल्याउन अनुरोध गर्दै सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिय। कार्यक्रमका अतिथि बागचौर नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख टेकबहादुर डिसीले खेल शिक्षा स्वास्थ्य र राष्ट्र संग जोडिएको एउटा फराकिलो क्षेत्र भएको बताएका छन् ।

उनले खेल क्षेत्रमा राज्यले उचित किसीमको लगानी गर्दै आएको र अझै यसलाई ब्यवस्थापन गर्न आफुहरु लागि परेको बताए । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा बागचौर नगर इन्चार्ज टिकाराम वली ( दर्शन ) ले खेलको महत्त्व फरक रहेको बताएका छन् ,बिगतमा आफुहरु जिल्लामा हुने एउटा बिरेन्द्र शिल्डमा भाग लिने अवसर पाउँदा आफुलाई भाग्यमानी मान्ने गरेको बताए। उनले राज्यले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको र त्यस अनुरुप खेलाडी पनि जागुरुप हुनु पर्ने बताए ।उनले अहिलेको खेलक्षेत्रको बिकास पनि दस बर्षिय जनयुद्ध र १९ दिने जन आन्दोलनको उपलब्धि भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका बागचौर नगर सभापति दिपेश डिसीले युवाहरुको लागि खेलक्षेत्र एउटा अवसरको रुपमा रहेको बताए ।उनले खेल क्षेत्र एउटा राष्ट्रको गहना भएकाले त्यसमा आफुहरु लागी पर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य बल बहादुर भण्डारी,नेकपा( एकीकृत समाजवादी ) सल्यानका जिल्ला कमिटी सदस्य तथा बागचौर नगरकमिटी सचीव डम्बरबहादुर भण्डारी,बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका रविकिरण ओली, अमरज्योती माबिका प्रअ बिरम बुढाथोकी,नेपाल पत्रकार महासंघ सल्यानका सचीव टिकाराम भण्डारी ( दिपसाग) लगाएत अन्य सहभागी हरुले तेस्रो वडा अध्यक्ष कप प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिय । स्वास्थका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित फागुन १४ गते सम्म संचालन हुने कार्यक्रममा महिला पुरुष भलिबल प्रतीयोगिता,दौड प्रतियोगिता लगाएतका खेलहरु संचालन गरिने आयोजकले बताएको छ । बागचौर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष टिकाराम केसीको अध्यक्षता,कार्यपालिका सदस्य पुष्पा कुमारी डिसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन खेलकुद संयोजक खिमराज डिसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस