१२ फागुन २०७८ / बिमला बस्नेत
सल्यानको एक बिपन्न परिवारको लागी आर्थिक सहयोग जुट्न सुरु गरेको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नं.१४ गैरागाउका शंकर पुनको परिवारलाई देश बिदेश बाट आर्थिक सहयोग जुट्न थालेको हो । आर्थिक अवस्था कम्जोर र परिवारका चार सन्तान मध्य दुवै छोरा शारीरिक रुपमा अशक्त रहेको समाचारमुलक भिडियो दियो अनलाइनले सार्वजनिक गरेपछि उनको परिवारको लागि सहयोग जुट्न थालेको हो ।
यसै क्रममा सल्यान जेसिज बर्ष २०२२ का उपाध्यक्ष सिमन श्रेष्ठको जन्म दिनको अवसरमा जेसीज सल्यानले सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।बुधबार भएको हस्तान्तरण कार्यक्रममा बोल्दै जेसीज सल्यानका अध्यक्ष नेरेन्द बुढाले,मानबताकाे सेवा नै जिबनकाे सर्बाेतम कार्य भएको बताएका छन् ।उनले सामाजिक संजालमा देखिएको पिडादायी भिडियो हेरेर आफुहरुले उक्त सहयोग गर्ने योजना गराएको बताएका छन् । जेसीज सल्यानले शंकर पुनको परिवारलाई १ सय २५ किलो चामल, ५ किलो दाल, ५ किलो चिनी,५ किलो नुन,५ लिटर तेल हस्तान्तरण गरेको हो ।
यसै क्रममा उक्त परिवार लाई बुधबारनै नब शक्ति युबा क्लब द्वारा खाद्यवस्तु र स्टेसनरी सामान हस्तान्तरण गरिएको छ। आफ्नो क्लबले आगामी दिनमा पनि दिन दुखिहरुको सहयोगको लागि सामाजिक कामको लागि अग्रसर हुने क्लवका उपाध्यक्ष ज्ञानेन्द्र पुन मगर ( पाटेबाघ ) ले बताएका छन् । शंकर पुनको परिवारलाई सहयोगका लागी देश बिदेश बाट केही रकम प्राप्त भएको र केही सहयोग गर्ने ब्यक्ति संस्थाहरु पनि जुटि रहेको बताउदै उक्त संकलित सहयोग रकम लिएर केहिदिन भत्रमै पुनको घरमा जानलागेको दियो अनलाइन संचालक योगराज बिश्वकर्माले बताएका छन् ।